काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई वर्षे कार्यकालमा खाद्यान्न उत्पादनमा उल्लेखनीय वृद्धि भएको बताएको छन् । शनिबार संघीय संसद्मा आफ्नो दुई वर्षे कार्यकालमा भएका उपलब्धि र प्रगतिको प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री ओलीले सिँचाइ सुविधामा विस्तार भई र कृषि मल अनुदानले खाद्यान्न उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको बादी गरेका छन् ।
प्रधानीमन्त्री ओली भने ‘दुई वर्षमा दूधको उत्पादन उत्साहजनक छ । अण्डा तथा माछामासुको उत्पादनमा मुलुक आत्मनिर्भर भएको अवस्था छ । विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएको छ ।’ प्रधानीमन्त्री ओलीले भने, ‘चालू वर्षमा मात्र झन्डै २ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता थपिएको छ । लगानी बोर्डले गत डेढ वर्षमा ३ खर्ब २३ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।
निर्यात २६.१ प्रतिशतले वृद्धि भएको छ भने आयात ४ प्रतिशतले घटेको छ । कुल व्यापार घाटा ६.१ प्रतिशतले घटेको छ । नेपालको व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आएको छ । पहिले भारतसित ६८ प्रतिशत र बाँकी अरू देशसित ३२ प्रतिशत मात्रै हुन्थ्यो भने अहिले ती देशहरूसित ४० प्रतिशतभन्दा बढी हुन पुगेको छ ।’
उपलब्धि र प्रगतिको प्रस्तुत गर्दै ओलीले विगत २४ वर्षदेखि चर्चामा मात्रै रहेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, भारतको औपचारिक भ्रमणको समयमा मैले त्यहाँका प्रधानमन्त्रीसँग संयुक्त रूपमा शिल्यान्यास गरेको १७ महिनामै सम्पन्न भएको बताए । त्यसैगरी, प्रधानमन्त्री ओलीले भने, ‘सरकारी सम्पत्ति फिर्ता ल्याउन सरकारले चलाएको कारबाहीअन्तर्गत विभिन्न ठाउँका जमिनहरू फिर्ता लिने अभियान नै चलाइएको छ ।
सिरहाको २१ बिघा, सर्लाहीको २ सय ३४ बिघा र बर्दियाको ४६ बिघा जग्गा यस प्रसंगमा उल्लेखनीय छन् । माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजनाको पहुँचमार्गका लागि सरकारले भोगाधिकार दिएको जग्गामा मैले सत्ताको जिम्मेवारी लिनु केही दिनअघि मात्र नक्कली मोही खडा गरी तिनका नाममा दर्ता गरिएको १ सय १० रोपनी जग्गा हालै खारेज गरी फिर्ता गराइएको छ ।