मनै लोभ्याउने ‘शिवपुरी–गोसाईंकुन्ड’ पदमार्ग (फोटोफिचर)

महत्वपूर्ण पौराणिक ग्रन्थ हिमवत खण्ड र शिवपुराणमा उल्लेखित अनेक शिव–कथा, किंवदन्ती र आस्थासँग जोडिएको शिवपुरी–गोसाईंकुन्ड पदमार्ग राजधानीबाट सुरु भएर अति विकट हिमालयसम्म फैलिएको प्राकृतिक, जैविक, भौगालिक र साँस्कृतिक विविधताले भरिपूूर्ण पदमार्ग हो ।

प्रस्थानविन्दुको उचाई १४०० मिटर भए पनि लगभग १००० मिटरदेखि ४६०० मिटरसम्मको उचाइगत विविधता यो पदमार्गको अर्को विशेषता हो । ८ देखि १० दिनको यो पदमार्ग काठमाडौंबाट सुरु भई सागरकुन्ड, एक्लेकुन्ड, राजाकुन्ड, रानीकुन्ड, लामोकुन्ड, सरस्वतीकुन्ड, भैरवकुन्डलगायतका अनगिन्ती कुन्ड हुँदै गोसाईंकुन्ड पुग्ने अति विशिष्ट पदमार्ग हो । रसुवा नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा भर्खरै सम्पन्न शिव लामिछाने नेतृत्वको यो पदमार्गको सम्भाव्यता अध्ययन भ्रमणमा दिनेश तामाङ, गगनराज न्यौपाने, उर्जा तामाङ, सुरेन्द्र राना र लेखक सम्मिलित थिए ।

हेरौं तस्विरमा :

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?