अथक साधनाको प्रतिफल

गोपीरमण उपाध्याय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, विश्व ट्रेड युनियन महासंघ प्रेसिडेन्सियल काउन्सिल सदस्य एवं नेपाल शाखा संयोजक हुन्, प्रेमलकुमार खनाल । उनको ‘अबको श्रम आन्दोलन र श्रम कानुन’ पुस्तक प्रकाशनमा आएको छ ।
विश्व श्रमिक आन्दोलन, आर्थिक विकासमा तिनको प्रभाव र भूमिकाको विश्लेषण गर्दै नेपालको औद्योगिक विकासमा लिने प्रेरणा’bout चर्चा गरिएको कृति गतिलो पाठ्यसामग्री बन्ने विश्वास गरिएको छ ।
पुस्तक विषयगत हिसाबले आठ खण्डमा विभाजित छ । पहिलो खण्डमा नेपालमा ट्रेड युनियन आन्दोलनको इतिहास र श्रमिक वर्गले आप्mनो पेसागत हकहितका लागि गरेका संघर्ष र आन्दोलनको इतिहासपरक चर्चा गरिएका पा“च लेख छन् । दोस्रो खण्डमा ट्रेड युनियन र नेपालमा ट्रेड युनियन आन्दोलनका गतिविधि, ट्रेड युनियन आन्दोलनको राष्ट्रिय आयाम र यसमा देखापरेका समस्या दर्शाइएका छन् ।


तेस्रो खण्डमा श्रमिक अधिकारमा अन्तर्राष्ट्रिय सन्धिका सवाल व्याख्यामा आधारित चार लेख छन् । चौथो खण्डमा श्रम कानुन छ । यसै विषयका विविध पक्षमा आधारित भएर ११ वटा लेख समावेश छन् । यसमा विगतको श्रम कानुन समीक्षाका साथै श्रमिकवर्गको हितका लागि ‘अब कस्तो चाहिन्छ ?’ भन्ने प्रकाश पारिएको छ ।
पा“चौं खण्डमा अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलन इतिहासदेखि वर्तमान अवस्थासम्मका गतिविधि चर्चामा आधारित ६ लेख छन् । जसले ट्रेड युनियनको अन्तर्राष्ट्रिय विधिको समग्र जानकारी प्रस्तुत गर्दछ । यसैगरी छैठौं खण्डमा श्रम आन्दोलनका गतिविधि व्यवस्थापन र प्रशासन ‘कसरी सञ्चालन गरिनुपर्छ ?’ भन्ने विषयवस्तुमा आधारित ११ लेख छन् । जुन लेख यसै ग्रन्थको प्रमुख विषयवस्तु पनि हुन् ।


नेपालको विकासमा बाधकका रूपमा भ्रष्टाचार रहेको र त्यसको नियन्त्रण नगरिकन देश विकासमा योगदान पुग्न सक्दैन भन्ने जोड दिइएको छ । सातौं खण्डमा ट्रेड युनियनको संगठन निर्माण विषयमा दुई लेख र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्वको परिचयमा तीन लेख समावेश छन् । यसरी ‘अबको श्रम आन्दोलन र श्रम कानुन’ नामक ग्रन्थमा कुल ४८ लेख समाविष्ट गरिएका छन् ।
पुस्तकमा लेखकले तीनवटा ‘अ’ले ट्रेड युनियन आन्दोलनलाई बर्बाद पारिरहेका छन् भन्ने विषयमा जोड दिएको पाइन्छ । मुलुकमा विकास भएको ट्रेड युनियन आन्दोलनबाट एकातिर निरंकुशतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक स्थापना गर्न ऐतिहासिक महŒव सहयोगी भूमिका निर्वाह भएको छ भने अर्कोतिर श्रमिक हकहित र कल्याणका लागि महŒवपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरेका छन् । आन्दोलनभित्र हुर्कंदै गएको ‘अराजकतावाद’, ‘अवसरवाद’ र ‘अर्थवाद’ (तीन ‘अ’)का शोच, चिन्तन । प्रवृत्ति र गतिविधिले चुनौती खडा गरी आन्दोलन नै दिशाविहीन गतिमा परिणत हु“दै जाने खतरा पनि बढ्दै गएको पुस्तकमा दर्शाइएको छ ।


अबको ट्रेड युनियन आन्दोलनको दिशा कता मोडिनुपर्छ भन्ने विषयमा पनि लेखकले उत्तिकै ध्यान दिएका छन् । ट्रेड युनियन आन्दोलन मात्र किन ? अहिले भ्रष्ट्राचारले पनि उत्तिकै विकाराल स्वरूप ग्रहण गरिसकेको र त्यसले मानव चेतनामै सांस्कृतिक आकार ग्रहण थालेका विषयप्रति लेखकले कलम चलाएका छन् ।
पानी सफा हुन मुहान नै सफा हुनुपर्दछ भनेझंै लेखकले राजनीतिक दलभित्रै स्वच्छ र आर्थिक अनुशासन कायम हुनुपर्ने औंल्याएका छन् । दलभित्र जसले जेजसरी सम्पत्ति आर्जन गरे पनि खोजीनिती नहुने, पैसावालाले मात्र टिकट पाउनेखाले परिपाटीले राजनीतिक दलभित्रै आर्थिक अनुशासन, स्वच्छता र पारदर्शिता कायम गर्न चुनौती खडा हु“दै गएको पुस्तकमा छरपस्ट पारिएको छ ।


ट्रेड युनियन आन्दोलनमा कर्मचारीतन्त्र र राजनीतिक दलभित्र हुर्कंदै गएको विकृति र विसंगतिका पाटा औंल्याइएको पुस्तकमा ट्रेड युनियन नेतृत्व नै आर्थिक हिसाबले स्वच्छ, पारदर्शी र सादा जीवन उच्च विचार साथ हि“ड्न नसकेर सर्वत्र गुनासा र टिप्पणी हुने गरेको उल्लेख छ ।
ट्रेड युनियनभित्रै पनि मालदार कार्यालयमा सरुवा÷पदस्थापना हुने अस्वस्थ प्रतिस्पर्धा हुने गरेको विषय सार्वजनिक हुने गरेको छ । लेखकले वर्तमान अवस्थामा राजनीतिक दलभित्र हुर्कंदै गएको विकृति र त्यसैको सहयात्री ट्रेड युनियन आन्दोलनभित्र हुर्कंदै गएको गलत व्यवहारप्रति ध्यानाकृष्ट गर्न लेखक सफल देखिन्छन् ।


माक्र्सवादको संगत


नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामा माक्र्सवाद बुझाइ अत्यन्त पातलो र सतही छ । जुन दार्शनिक एवं सैद्वान्तिक आधारमा पार्टी परिचालित भएको छ । यसले सैद्वान्तिक आधार माक्र्सवाद र लेनिनवाद मानेको छ । त्यसअनुसारको पाठ्यसामग्री उत्पादन र प्रशिक्षणमा समेत त्यति ध्यान नदिएको अवस्थामा माक्र्सवादी सैद्वान्तिक चेतना उकास्ने सन्दर्भ पुस्तकको आवश्यकता केही मात्रामै भए पनि यस पुस्तकले परिपूर्ति गरिदिएको छ ।
वर्तमान अवस्थामा खास गरेर प्रचण्ड बहुमतका आधारमा नेपालका कम्युनिस्टले सत्ता सञ्चालन गरिरहेको परिप्रेक्ष्यमा जुन वर्गका हातमा राज्यसत्ता रहेको हुन्छ, सोही वर्गका हातमा विचारसत्ता पनि रहेको हुन्छ भन्ने मान्यतालाई श्रमिकवर्गको प्रतिनिधि भनिएको कम्युनिस्टको सत्ता रहेको परिप्रेक्ष्यमा विचारसत्ता स्थापित गर्नमा पनि पुस्तकले
मद्दत पु¥याउनेछ ।


खनालका विचारमा सबभन्दा ठूलो संसार सिर्जना गर्ने र यसलाई परिचालित गर्ने मुख्य विषयवस्तु अरू कुनै अलौकिक ईश्वरीय सत्ता नभएर केबल मानवीय श्रम हो । श्रम गर्ने श्रमिक मात्र हुन्, आज जेजति संसारमा वैभव थुप्रिएका छन्, ती सबै मानवीय श्रमद्वारा सिर्जित छन् भन्ने माक्र्सवादको आधारभूत मान्यता पुस्तकले अंगीकार गरेको छ ।
पुस्तकको अर्को मूलभूत चिन्ता श्रम गरेर संसारको ‘यत्रो वैभव’ सिर्जना गर्ने श्रमजीवी वर्गको हालत कति दयनीय छ ? मानिसले श्रम गर्दछ तर त्यस श्रमको प्रतिफल अर्कैलाई दिन्छ । यसैकारण संसारमा मानिसको मूल्य र महत्ता घटिरहेको छ । यस्तो स्थिति अन्त्य हुनुपर्छ भन्ने आजभन्दा २ सय १० वर्षअघि उठाएको माक्र्सवाद आवाज संसारभरका श्रमजीवीले मन पराए ।


त्यस प्रकारको श्रमजीवीको हक अधिकारलाई संसारभरका श्रमिकले ठूला आन्दोलन गरेर परिवर्तन पनि ल्याए । तर, तिनै श्रमिक एवं श्रमजीवीको अवस्था यति दयनीय किन भयो ? यसै विषयलाई पुस्तकले सर्वोपरि विचारको विषय बनाएको छ ।
माक्र्सवादले प्रतिपादन गरेका चार आधारभूत पक्ष छन् । यिनै प्रस्थापनामै सिंगो माक्र्सवाद व्याख्या अटाएको छ । जसमध्ये पहिलो प्रस्थापना लोकतन्त्रको सवाल हो । माक्र्सले जतिको लोतन्त्रका लागि अरू कसले पो गर्नुपरेको थियो र † सरकार र व्यवस्थाकै आलोचना गरेर लेखेबापत कयौंपटक देशदेशान्तरबाट खेदिनुपरेको थियो ।
माक्र्सको लोकतन्त्रको सवाल बोल्ने, लेख्ने, भाषण गर्नेखाले स्वतन्त्रता मात्र नभएर खाने, लाउने र बस्ने हकअधिकारसहितको स्वतन्त्र लोकतन्त्र थियो । यसैका लागि माक्र्सले आजीवन संघर्ष गरे ।


माक्र्सको दोस्रो प्रस्थापना हरेक श्रमजीवी


आप्mनो श्रमको मालिक आफैं हुन पाउनुपर्छ भन्ने सवाल हो, जसका लागि जीवनको ४० वर्ष खर्च गरेर ‘पु“जी’ नामक ग्रन्थ लेखे उनले । जुन अहिले पनि त्यति नै सान्दर्भिक छ । उनले उठान गरेको ‘आफ्नो श्रमको मालिक आफैं हुन पाउनुपर्छ’ भन्ने सवाल समाधान भएको छैन ।
तेस्रो प्रस्थापना महिला मुक्तिको सवाल । माक्र्सवादले महिलासम्बन्धी सवाल जुन रूपमा उठान गरे, त्यसले संसारभरका दोहोरो शोषणमा परेका महिलाले मुक्ति सवाल अगाडि बढाए । जुन संघर्ष अहिले पनि जारी छ ।


चौथो प्रस्थापना साम्राज्यवादबाट मुक्त हुने सवाल नै हो । जुन अहिले पनि त्यति नै सान्दर्भिक छ । संसारभर खासखास साम्राज्यवादी उत्पीडनकारी मुलुकले साना तथा गरिब राष्ट्र«लाई थिचोमिचो पु¥याएकै छन् । त्यसबाट मुक्त हुन प्रयत्न
गरिरहेकै छन् । खनालको पुस्तक माक्र्सवादको दोस्रो प्रस्थापनास“ग सम्बन्धित रहेको देखिन्छ । यो भनेको हरेक श्रमजीवी ‘आफ्नो श्रमको मालिक आफैं हुन पाउनुपर्छ’ भन्ने विषयस“ग सम्बन्धित छ । ल

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !