थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । देशभरमा आज थप १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितका सङ्ख्या पाँच हजार ३५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षण गर्दा १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार २४१ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको १५६ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ८४० रहेको छ ।

हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार