मोबाइलको टर्चकै भरमा जिल्ला अस्पतालमा उपचार सेवा

कालिकोट । तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, कुनै स्वास्थ्य संस्थामा टर्च बालेर उपचार गरिन्छ भन्दा । तर अचम्म नमान्नुस् कालिकोट जिल्लामा रहेको जिल्ला अस्पतालमा विद्युत् अभावमा मोबाइलको टर्चकै भरमा बिरामीलाई उपचार गर्ने गरिएको छ । जिल्ला अस्पताल कालिकोटले अहिले बिरामीलाई मोबाइलकै टर्च बालेर उपचार गरिरहनु परेको छ । जिल्ला अस्पताल कालिकोट प्रशासनको लार्पवाहिले अहिले जिल्ला अस्पताल अन्धकार भएको छ ।

कालिकोटमा केही दिनदेखि विद्युत अवरुद्ध भएपछि जिल्ला अस्पतालले बैकल्पिक उर्जाको व्यवस्थापन गर्न नसक्दा बिरामीहरु मर्कामा परेका छन् । कालिकोट जिल्लामा रहेको पोतमारा साना लघु जलविद्युत आयोजनाको नहर भत्किएपछि कालिकोटमा विद्युत् आपुर्ति ठप्प भएको थियो । विद्युत् नहुँदा जिल्ला अस्पताल कालिकोटमा आउने बिरामीले समेत सेवा नपाउने गरेका छन् । जिल्ला अस्पतालमा सोलारको व्यवस्थापन हुन नसक्दा बिरामी र उनका कुरुवाले आफ्नो मोवाईलको टर्चले बिरामीलाई खाना खुवाउनेदेखि लिएर सबै काम मोबाइलको टर्चबाटै गर्नु परिरहेको छ । यति मात्र होइन बिरामीको उपचारमा संलग्न चिकित्सकले समेत आफ्नो मोबाइलको टर्चले बिरामीको सेवा गर्नुपर्ने बाध्यता रहि आएको छ ।


‘अस्पतालमा भएको सोलार बिग्रेको छ । जेनेरेटको व्यवस्थापन गर्न सकेको छैन बत्ती गयो भने त अस्पताल अन्धकार हुने रहेछ’, आफ्नो धर्मपत्निको उपचारका लागि जिल्ला अस्पताल आएका नरहरिनाथ गाउँपालिकाका अर्जुन सहकारीले भने, ‘सरकारले दिएको रकम कता खर्च हुन्छ थाहा छैन ।’

जिल्ला अस्पतालमा विद्युत सेवा नहुँदा उपचार प्रभावित भएको चिकित्सकहरुले बताएका छन् । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको चिकित्सकको गुनासो छ । रातको समयमा आएका सम्पूर्ण विरामीको मोवाईल टर्च प्रयोग गरी उपचार गर्दा आफुलाई पनि समस्या हुने गरेको चिकित्सकले गुनासो गरे । उनीहरुले भने, ‘अस्पताल प्रशासनले विद्युतको व्यवस्थापन गर्नुपर्ने हो अहिलेसम्म गर्न सकेको छैन । ‘बत्ती अभावमा उपकरण चलाउन समस्या छ, उपचार गर्न आएका बिरामीका आफन्तले ल्याएका टर्च प्रयोग गरी सेवा दिइरहेका छौं ।’

यता जिल्ला अस्पताल कालीकोटका निमित्त कार्यालय प्रमुख डा. भिष्म पोखरेलले आफुहरुले जेनेरेटर बालेर सेवा दिइरहेको दाबी गरे । उनले भने, ‘विद्युत आपुर्ति बन्द भएकै दिन जिल्ला अस्पताल कालीकोटको जेनेरेटर बिग्रेकाले सानो जेनेरेटरबाट सेवा दिइरहेका र्छां ।’ डा. पोखरेलका अनुसार, जिल्ला अस्पतालमा सोलारको व्यवस्थापनका लागि पनि पहल गरेको बताए । प्रमुख पोखरेलले अहिलेसम्म जिल्ला अस्पतालमा ९ जना डाक्टरको दरबन्दी भएपछि एक जना आफुले मात्र रहेको बताए । जनशक्त्तिको अभावै अभावमा वषैदेखि खट्किएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल टर्चको भरमा उपचार गदै स्वास्थ्यकर्मी ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित