कोरोना संक्रमणबाट वीरगञ्जमा थप १ वृद्धाको मृत्यु

वीरगन्ज । पर्सामा शुक्रबार फेरि एक स्थानीय बृद्धाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनिया भएर केही दिन अगाडी वीरगञ्जको एड्भान्स अस्पतालमा भर्ना भएकी ८५ बर्षीया वृद्धाको शुक्रबार मध्यान्न मृत्यु भएको हो ।

बिहिबार मात्र ती बृद्धालाई वीरगन्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए । मृतक महिलामा बिहिबार राति संक्रमण पुष्टि भई हिजो कोभिड अस्पताल गण्डक भर्ना गरिएको उनको भनाइ छ । मृतक महिला पहिले मुटुको बिरामी भएकी र पछिल्लो समयमा निमोनिया भएर अस्पतालमा भर्ना गरिएको खुलेको छ । अस्पताल भर्ना गरिएकै समयमा स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा मृत्यु हुनुपूर्व नै संक्रमण पुष्टि भएको डा. सिंहले बताए ।

यो सहित कोरोनाका कारण पर्सामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मुलुकभरी भने यो सहित मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने अहिले यो पुष्टि गर्न बाँकी रहेको छ ।

बुधबार राति कोरोनाका कारण वीरगन्जको मुटु माईस्थानका ७० बर्षीय श्याम नारायण वर्णवालको पनि मृत्यु भएको थियो । नेपाली सेनाले बिहिबार परिवारको सल्लाहमा नै उनको पर्साको तिलावे नदिमा दाह संस्कार गरिसकेको छ । शुक्रबार निधन भएकी बृद्धाको पनि शव व्यवस्थापन नेपाली सेनाले नै गर्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी