काठमाडौं । फागुन ५ र ७ गते फर्सीडोल ,डकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेतमा बिहान १० बजेदेखी बेलुका ६ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणकी सुचना अधिकारी लिला अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
‘५ र ७ गते विहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ ।’ प्राधिकरणले विज्ञप्ती मार्फत जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)






