सुरक्षा निकायमध्ये नेपाल प्रहरीमा कोरोना संक्रमित सबैभन्दा बढी

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटाएकामा सुरक्षाकर्मीतर्फ हालसम्म २ सय ८४ जनामा संक्रमण देखिएको हो ।

जसअनुसार तीनवटै सुरक्षा अंगका गरी हालसम्म २ सय ३० जना सुरक्षाकर्मी उपचारपछि निको भएर नियमित काममा फर्किसकेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले नेपाली सेनातर्फ ७९ जनामा संक्रमण देखिएकामा आइतबारसम्म ७० जना उपचारपछि निको भएर नियमित काममा फर्किसकेको जानकारी दिए ।

उनका अनुसार नेपाली सेनातर्फ ९ जना भने उपचारकै क्रममा छन् । उनीहरूमध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

‘७९ जनामा संक्रमण देखिएकामा ७० जना उपचारपछि ड्युटीमा फर्किसकेका छन् । बाँकी ९ जनामध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ,’ सैनिक प्रवक्ता पौड्यालले राजधानीसँग भने ।

यसैगरी, नेपाल प्रहरीतर्फ १ सय १९ जनामा संक्रमण देखिएकामा ९५ जना उपचारपछि नियमित ड्युटीमा फर्किएका छन् ।
प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीका अनुसार आइतबार मात्रै प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा संक्रमण देखिएको हो । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको र उनीहरूसँग सम्पर्कमा आएकाहरूको समेत परीक्षणको तयारी भएको शाहीले जानकारी दिएका छन् । नेपाल प्रहरीतर्फ २४ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको शाहीले जनाए । स्रोतका अनुसार आइतबार संक्रमण देखिएका प्रहरीहरू प्रधान कार्यालको सवारी शाखामा कार्यरत रहेको बुझिएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बलतर्फ हलसम्म ८६ जनामा संक्रमण पुष्टि भएकामा ६५ जना उपचारपछि काममा फर्किएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार ६५ जना उपचारपछि निको भएर काममा फर्किएका छन् भने २१ जना उपचारकै क्रममा छन् । त्यसमध्ये २० जनाको मोरङ स्थित कोभिड अस्पताल र एक जनाको बलम्बुस्थित आफ्नै अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाललाई तीन पार्टीको समर्थन