Saturday, September 26, 2020
Home Editor-Picks सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ

सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ

काठमाडौं । गृह मन्त्रालयले मास्क अनिवार्य गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको र सर्वसाधारणले मास्कको प्रयोगमा अटेर गरेको भन्दै गृहले आइतबार सो निर्देशन दिएको हो ।

गृहले पहिलो पटक गत २२ असारमा गरेको आदेश कार्यान्वयन नभएको भन्दै आइतबार दोस्रो पटक मास्क प्रयोग नगर्नेहरूउपर कडा रूपमा प्रस्तुत हुन ७७ वटै जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई निर्देशनात्मक परिपत्र गरेको हो । पत्रमा मास्क नलगाई अटेर गरेर जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गर्न भनिएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि गरिएको परिपत्रलाई नै कडाइका साथ लागु गर्न भनिएको जानकारी दिए ।  ‘लकडाउन सकिए पनि संक्रमणको खतरा कायमै छ, यस्तो अवस्थामा घरबाट बाहिर निस्कँदा मास्क प्रयोग गर्न भनेका हौं । मास्क नलगाई हिँडे प्रहरीले पक्राउ गर्न सक्छ,’ अधिकारीले भने ।

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाइने

लकडाउन अन्त्य भएसँगै देशका विभिन्न स्थानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ भने वीरगन्जसहित केही स्थानमा संक्रमितको संख्या ह्वात्तै बढ्दै गएपछि स्थानीय प्रशसनमार्फत निषेधाज्ञा नै जारी गरिएको छ ।

यो पनि पढ्नुहोस   गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीमा जनस्तरबाट लापरवाही बढेको र जोखिम बढ्न सक्ने भन्दै निर्देशनात्मक आदेशसहितको परिपत्र गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको परिपत्रमा दैनिक रूपमा मास्क नलगाउने उपर भए गरेका कारबाहीको विवरण प्रशासन कार्यालयलाई मन्त्रालयमा बुझाउन भनिएको छ ।

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । यसअघि समेत गृहले २२ असारमा मास्क प्रयोग नगरी हिँडडुल गर्नेहरूलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयसहित प्रहरीमा पत्र पठाएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी निरजबहादुर शाहीले सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गरिने बताए ।

‘सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गर्न देशभरका मातहतका निकायलाई निर्देशन भइसकेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता शाहीले भने ।

गृहले आम सर्वसाधारणमा जरुरी कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्य मास्क लगाउन तथा एक अर्काबीच कम्तीमा दुई मिटरको सामाजिक दुरी कायम गर्न पटक पटक आग्रह गर्दै आइरहेको छ ।

(Visited 174 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

धेरै पढिएका

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत...

७२ घण्टापछि सीमा क्षेत्रबाट १८१ नागरिकको उद्धार

नेपालगन्ज । कोबिड–१९ नोबल कोरनाको संक्रमणबाट जोगिनको लागि नेपाल तथा भारतमा आव्हान गरिएको लकडाउन र सीमा शिलका...

सामूहिक बलात्कारमा वडा सचिवको पनि संलग्नता, तीन जना पक्राउ

धनगढी । कैलालीको भजनी नगरपालिकामा एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना वडासचिव पक्राउ परेका छन् ।

आत्मबल बढाउँदै दाङका कोरोना सङ्क्रमित

दाङ । तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका गढवा गाउँपालिका-५का २३ वर्षीय युवक कोरोनालाई जितेर नै छाड्ने विश्वासमा छन् । गत...

ई-पेपर

(Visited 63 times, 1 visits today)