पूर्व राजा ज्ञानेन्द्र पूर्वी पहाडी जिल्लामा

इलाम । पूर्व राजा ज्ञानेन्द्र शाह यतिखेर पूर्वी पहाडी जिल्लाको भ्रमणमा छन् । भ्रमणकै क्रममा आइतबार इलाम आएका पूर्व राजा ज्ञानेन्द्र एक रात बसेर सोमबार पाँचथर फिदिम गएका छन् ।

इलामको समिट होटलमा बसेका राजाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका नेताहरुले भेट गरेका थिए । होटलमा राप्रपाका सोमनाथ बास्तोला, धर्मराज नेम्बाङ्ग, राप्रपा संयुक्तका इलाम अध्यक्ष हरि श्रेष्ठलगायतले भेटघाट गरेका थिए । भेटघाटको पूर्व राजा ज्ञानेन्द्रले क्रममा राष्ट्रियता जोगाउनका लागि एक जुट हुनुपर्ने बताएको राप्रपा संयुक्तका अध्यक्ष श्रेष्ठले बताए । मुलुकमा देखिएको द्वन्द्व र मतभेदको अन्त्य गर्नका लागि सक्रिय हुनुपर्ने पूर्व राजा ज्ञानेन्द्रसँग आग्रह गरेको पनि श्रेष्ठले बताए ।

पूर्व राजा ज्ञानेन्द्र तीन बजे समिट होटलबाट पाँचथर प्रस्थान गरेका थिए । पाँचथरमा मंगलबार स्थानीय मन्दिरमा पूजा गर्ने र नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्व राजा ज्ञानेन्द्र २० गते पुनः इलाम आएर समिट होटलमा बस्ने र २१ गते नबिन चौकदेखि पदयात्रा गरे नारायणस्थान मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको स्वागत समितिले जनाएको छ । पदयात्राको क्रममा उनले सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९