मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन । उनीहरु सोमबार अस्पतालबाट डिस्चार्ज भएको अभिषेक बच्चनले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।
‘तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरु अहिले घरमै होलान् । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।’ अभिषेकले ट्वीटरमा लेखेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)






