एमबाप्पे तीन साता मैदानबाहिर

पेरिस । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा फरवार्ड केलियन एमबाप्पे तीन साता मैदानबाहिर रहने भएका छन् । गत बिहीबार कप डे फ्रान्सको फाइनल दौरान चोट बोकेर तीन साता मैदान बाहिर रहनुपर्ने भएपछि एमबाप्पेले फ्रेन्च लिग कपको फाइनलका साथै च्याम्पियन्स लिगको क्वार्टरफाइन खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ ।

चोटसँग जुधेसँगै पीएसजीलाई गम्भीर धक्का लागेको छ । पीएसजीले ३१ जुलाईमा फ्रेन्च लिग कपको फाइनल तथा १२ अगस्टमा पोर्चुगलको लिस्वनमा हुने एटलान्टाविरुद्धको क्वार्टरफाइनल खेल गुमाउनेछ । पीएसजी सेमिफाइनल र फाइनल पुगेको अवस्थामा भने टोलीमा उपलब्ध हुने क्लबले जनाएको छ । एटलान्टालाई पराजित गरे त्यसको एक सातापछि (१८–१९ अगस्ट)मा क्लबले सेमिफाइनल खेल्नेछ ।

फाइनल खेल २३ अगस्टमा हुनेछ । सेन्ट एटिएनका कप्तान लोइस पेरिनले एमबाप्पेमाथि निकै गम्भीर फल गरेका थिए । पेरिनको फलमा रेफ्रीले सुरुवातमा पहेंलो कार्ड दिए पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले रातो कार्ड दिएका थिए । फाइनलमा नेयमारको गोलमा अग्रता लिइसकेको पीएसजीले त्यसै गोलको मद्दतले उपाधि जितेको थियो । एमबाप्पेले खेल दौरान र उपाधि उचाल्दा वैशाखीको सहारा लिएका थिए ।

क्लबले जारी गरेको विज्ञप्तिअनुसार एमबाप्पेको दायाँ खुट्टाको एंकलको एक्स्टर्नल लेटरल कम्पार्टमेन्टमा गम्भीर चोट लागेको छ । चोट पूर्ण रूपमा निको हुन कम्तीमा पनि तीन साता लाग्नेछ । एमबाप्पेले यस सिजन ३४ खेल ३० गोल गरेका छन् । फ्रान्सको शीर्ष डिभिजन लिगसहित सम्पूर्ण प्रतियोगिता कोरोना भाइरसका कारण रद्द भए पनि पीएसजी च्याम्पियन बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका दुई पालिकाको नगरप्रमुखमा एकिकृत समाजवादी निर्वाचित