फिल्ममा परिवारको साथ नपाएको हमालको गुनासो


काठमाडौं । अभिनेता राजेश हमालले आफू चलचित्रमा लाग्दा परिवार त्यसको विपक्षमा उभिएको खुलासा गरेका छन् । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा आफ्ना जीवनको भोगाइ सुनाउने क्रममा अभिनेता हमालले आइतबार यो कुराको खुसाला गरेका हुन् ।

परिवारको दबाबमा छाडें फिल्म


२०४५ सालमा पहिलो चलचित्र भाग्य रेखामा अनुबन्धित भएका अभिनेता राजेश हमालले पारिवारिक कारणले नै पहिलो फिल्म छाड्नु परेको बताएका छन् ।
उनका मामा दीपक रायमाझीले चलचित्र ‘भाग्यरेखा’मा उनलाई नायकका रूपमा लिएका थिए । सो चलचित्रमा उनको नायिका कृष्टि मैनाली थिइन् । फिल्मको सुटिङ सुरु भएको पाँच दिनमै राजेश हमालले त्यो फिल्म छाडे । यो फिल्ममा राजेशको ठाउँमा त्यसपछि रविन्द्र खड्का नायक भएको थिए । आफ्नो बुबा त्यतिबेला कूटनीतिक नियोगमा भएकाले परिवारको दबाबमा पहिलो फिल्म छाड्नु परेको यी अभिनेताले बताएका छन् ।


त्यतिबेला भारतमा केही समय मोडलिङ गरेर नेपाल आएका अभिनेता हमाललाई फिल्ममा नायक बन्ने ठूलो हुटहुटी थियो । पहिलो फिल्म छाडे पनि नायक बन्ने हुटहुटी उनको सकिएन । त्यसैले, मामा दीपक रायमाझीले नै उनलाई अर्को फिल्म ‘युगदेखि युगसम्म’मा नायक बनाए,‘दोस्रो फिल्म गर्दा पनि मलाई फिल्म खेल्नुहुँदैन भन्ने दबाब परिवारबाट त्यत्तिकै थियो । तर, मैले सबैको दबाबलाई बेवास्ता गरेर एकल निर्णयबाटै चलचित्र युगदेखि युगसम्ममा मुख्य नायकको रूपमा काम गरें ।’ यही फिल्मबाट आफ्नो करिअर नेपाली चलचित्र क्षेत्रमा अघि बढेको अभिनेता राजेश हमालले बताए ।

फिल्मकै कारण बिग्रियो बुबासँग सम्बन्ध बिग्रयो


पहिलो चलचित्रबाटै बुबासँग आफ्नो सम्बन्ध त्यतिबेला चिसिएको अभिनेता हमालले बताएका छन्, ‘बुबा राजदूत हुनुहुन्थ्यो । त्यो समयमा म चलचित्रमा आउनु भनेको बुबाको ओहदाविपरीत जस्तै भए पनि चलचित्र युगदेखि युगसम्मलाई मैले सहजै स्वीकार गरेर फिल्म खेलें ।’ पहिलो फिल्म खेलेपछि बुबासँग सम्बन्ध बिग्रिएको उनले बताए ।
अभिनेता राजेश हमालका लागि बुबा गुमाएको पल सबैभन्दा दुःखद पल थियो । बुबाको जीवनको अन्तिम समयमा फिल्मकै कारण आफूले कुराकानी गर्न नपाएको महसुस राजेश हमाललाई हुँदो रहेछ । उनी एउटा फिल्मको छायांकनमा व्यस्त थिए । त्यसपछि बुबा राजदूत भएर पाकिस्तान गए । त्यति बेलासँग उनले भेट गर्न पाएनन् । बुबा पाकिस्तान गएदेखि नै उनले फोनमा कुरा गर्न पाएका थिएनन् । त्यसको तीन महिनापछि पाकिस्तानमै बुबाको निधनको खबर आयो । त्यतिबेला उनलाई साह्रै पीडा भएको स्मरण यी अभिनेताले सुनाए,‘फिल्मकै व्यस्तताका कारण बुबासँग कुरा गर्न नपाएको पीडा त्यतिबेला मलाई भयो । त्यो पीडाले आज पनि मलाई पोल्ने गरेको छ ।’ केही भावुक हुँदै हमालले बिगत सम्झिए ।

फिल्म धेरै खेल्नु बाध्यता थियो


अभिनेता राजेश हमाललाई एक समय धेरै फिल्म खेलेको आरोप लगाएको थियो । २०५० को दशकमा उनले वर्षमा १२ वटा फिल्ममा काम गरे, ‘मैले एक दशकभन्दा लामो समय दिनमा १८ घण्टासम्म फिल्ममा निरन्तर काम गरें । त्यतिबेला मैले आराम के हो भन्ने महसुस समेत गर्न पाइनँ ।’ अभिनेता हमालले त्यतिबेला धेरै फिल्म खेल्नुको कारण पैसा नभएकाले बाध्यता भएको बताए ।
‘मेरा प्रायः सबैजसो फिल्म चरिरहेका थिए र एकपछि अर्को गर्दै फिल्ममा आएको प्रस्तावलाई मैले अश्विकार गरिनँ । मेरो काँधमा त्यतिबेला फिल्मको जिम्मेवारी भएकाले पनि मैले धेरै फिल्म खेल्नुपरेको थियो र त्यसमा मलाई पछुतो छैन ।’ अभिनेता हमालले त्यतिबेला धेरै फिल्म खेल्नुको कारण यसरी स्पष्ट पारे । यसरी निरन्तर लामो समय व्यस्त सेड्युलमा काम गरेका हमालले निकै समयपछि विदेशमा गएर डेढ महिना बस्दा मात्र आराम गर्ने अवसर पाएको बताए ।

अब फिल्म छानेर काम गर्छु


अभिनेता हमालले बिगत ४ वर्षदेखि एउटा पनि फिल्म खेलेका छैनन् । पछिल्लो चलचित्र बाग्मती रिलिजपछि उनलाई चलचित्रमा प्रस्ताव नआएका हैनन् । अब आफूले संख्या बढाएर नहुने बरु गुणस्तरीय फिल्म दिनुपर्ने महसुस उनलाई हुन थालेको छ । त्यसैले, यो चार वर्षमा फिल्म नखेलेको उनले बताएका छन्,‘अब राम्रो फिल्म खेल्ने पक्षमा छु । त्यसैले, केही समय फिल्म नखेली बसेको हुँ ।’

निर्देशनमा पनि आउँछु


अभिनेता राजेश हमालले आफ्नो कथा सुनाउने क्रममा चलचित्र निर्देशनमा आउने पनि जिकिर गरे । चलचित्र निर्देशनसँगै निर्माणमा पनि आउने उनले बताए । आफूले तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा काम गरेको र दर्शकले आफूबाट धेरै नै अपेक्षा गरेकाले जस्तो पायो त्यस्तै फिल्मको निर्देशन जिम्मा नलिएको उनले बताए । आफूले निर्देशन गर्ने उपयुक्त प्रोजेक्ट पाएपछि चलचित्र निर्देशनमा आउने योजना अभिनेता हमालले सुनाए । त्यसको लागि उनी राम्रो स्कृप्टको खोजीमा छन् । आफू निर्देशनसँगै निर्माणमा पनि आउने अभिनेता हमालले बताएका छन् । अभिनय र निर्देशनसँगै उनलाई फिल्म निर्माण गर्ने चाहना पनि छ । त्यो चाहना चाँडै पूरा हुने उनले बताएका छन् ।

राजनीतिमा तत्काल आउँदिनँ


अभिनेता राजेश हमालले राजनीतिमा तत्काल आउदिनँ भनेका छन् । उनलाई राजनीतिक पार्टीबाट नेता बन्न प्रस्ताव नआउने गरेको हैन । राजनीतिमा खुला रूपमा नआउनुको कारण’bout उनले भने,‘मैले जानेको काम नै कलाकारिता भएकाले नजानेको काममा हात हाल्नुहुन्न भन्ने मेरा मान्यता छ । राजनीति मैले नजानेको काम भएकाले म राजनीतिमा नगएको हुँ । यसको मतलब राजनीतिमा जन्न भनेको हैन, कुनै दिन राजनीतिमा आउन पनि सकिएला ।’ यी अभिनेताले भने ।

विकास बोर्डमा जाने’bout सोचेको छैन


अभिनेता राजेश हमाललाई हालसालै विकाश बोर्डमा जाने प्रस्ताव पनि आएको थियो । यससम्बन्धी समाचार पनि आयो । तर, अहिले आफूले चलचित्र विकास बोर्डमा अध्यक्ष भएर जाने’bout सोचेको छैन भन्ने जवाफ यी अभिनेताले दिएका छन्,‘केशव भट्टराईज्यूको निधनपछि बोर्डको अध्यक्ष खाली छ र उहाँसँग सदस्य भएर काम गरेका र उहाँका योजना बुझेका साथी नै बोर्डमा जानुपर्छ जस्तो मलाई लाग्छ ।’ अभिनेता हमालले भने । अभिनेता हमालले कार्यक्रममा डेढ घण्टाको बसाइँमा आफ्ना जीवनका यस्ता धेरै भोगाइहरू सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित