पिर्लो युभेन्टस फर्किए

एजेन्सी । इटालियन लेजेन्ड तथा पूर्व मिडफिल्डर आन्द्रे पिर्लोलाई युभेन्टसको प्रशिक्षक बनेका छन् । युभेन्टसले आफ्ना पूर्व भेट्रान मिडफिल्डर पिर्लालाई यू–२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । युभेन्टसले एक विज्ञप्ति निकाल्दै पिर्लोलाई यू–२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

पिर्लोसँगको अन्य सम्झौता’bout भने युभेन्टसले केही खुलाएको छैन । पिर्लाेको यो पहिलो प्रशिक्षण करियर हो । ४१ वर्षीय पिर्लो पाँच वर्षपछि फरक भूमिकामा युभेन्टस फर्किएका हुन् । पिर्लाेले सन् २०१५ मा युभेन्टस छाड्दै अमेरिकी मेजर लिग सकर क्लब न्युयोर्क सिटी पुगेका थिए । दुई वर्ष न्युयोर्क सिटीबाट खेल्दै पिर्लाेले व्यावसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए । त्यसपछि उनी प्रशिक्षण करियरमा लागेका थिए ।

लामो समय २००१ देखि २०११ मा एसी मिलानबाट खेलेका पिर्लाेले २०११ देखि २०१५ सम्म युभेन्टसबाट खेलेका थिए । उनले युभेन्टसका लागि १६४ खेलमा १९ गोल गरेका छन् । न्युयोर्क सिटीबाट ६२ खेलमा १ गोल गरेका थिए । मिलानबाट ४०१ खेलमा ४१ गोल उनको नाममा छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा कांग्रेस एक्लै चुनाव लड्ने