Thursday, August 6, 2020
Home Not-to-be-missed कोरोनाले आधा नै घट्यो तीज म्युजिक भिडियो

कोरोनाले आधा नै घट्यो तीज म्युजिक भिडियो

सुर्खेतकी दीपासा विसी अहिलेकी उम्दा मोडल हुन् । दिनमा तीन वटासम्म तीज भिडियोमा उनले मोडलिङ गरेको अनुभव छ । कोरोना संक्रमणका कारण यसपटक आफूहरूलाई ठूलो घाटा भएको यी अभिनेत्री एवं मोडलले बताएकी छन् । लोकदोहोरी मोडलहरूका आर्थिक हिसाबले तीज पर्व दसैंजस्तो हुने गर्दछ । तर, यसपटक तीज आफूहरूका लागि आर्थिक रूपले त्यति फाइदा हुन नसकेको दीपासाको कथन छ । अहिलेसम्म ६ सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी दीपाशाले आधा दर्जन चलचित्रमा नायिकाकी रूपमा काम गरिसकेकी छन् । तीज भिडियोमा मोडलिङबारे उनीसँग राजधानीका डब्बु क्षत्रीद्वारा गरिएको छोटो कुराकानी :

यसपालि तीज गीतको भिडियो कत्तिको काम पाइरहनु भएको छ ?
पोहोरको तुलनामा आधा पनि भिडियो यसपटक भएन । कोरोना संक्रमणका कारण धेरैले यो साल भिडियो नै बनाएनन् । तर, पनि त्यतिधेरै निराशै हुनुपर्ने अवस्था पनि छैन ।

त्यसो भए आम्दानी कस्तो रह्यो त ?
आम्दानी त भो कुरै नगरौं । कोरोनाका कारण पोहोरभन्दा २५ प्रतिशत कम पारिश्रमिकमा यसपालि काम गर्नुपरेको छ ।

कति वटा तीज गीतको भिडियोमा यसपटक मोडलिङ गरियो त ?
यो एक आजसम्म १३ वटा भिडियोमा काम गरिसकेकी छु । अरू दुई वटा गीतको प्रस्ताव आएको छ । अब १५ दिनपछि तीज छ । यो सोमबार र मंगलबार एकएक वटा भिडियोमा अभिनय गरेपछि यसपालिको तीजको भिडियो सुटिङ सकिन्छ ।

गत वर्ष तीजमा कति वटा तीज भिडियो गर्नुभएको थियो ?
पोहोल ३५ वटा तीज गीतमा मोडलिङ गरेकी थिएँ । स्टेज कार्यक्रम पनि प्रशस्त थियो । यसपालि जम्मा १५ वटा तीज भिडियोमा काम गरियो । पोहोरको तुलनामा यसपालि आधा पनि काम भएन ।

तर यसपालि त तीज गीत त प्रशस्त रेकर्ड भएका छन् नि ?
हो, तीज गीत यसपालि प्रशस्त रेकर्ड भएको छ । तर, भिडियो आधा पनि बनेनन् । कोरोनाका कारण १५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारको निर्देशन रहेकाले तीज गीतको छायांकन सुरक्षाका कारण पनि कम भएको हो । अर्कोतर्फ आर्थिक संकटमा अहिले धेरै कलाकार छन् । सोही कारण गीत रेकर्ड गरेर पनि सुटिङ नगरी यसपालि धेरै लिरिकल भिडियो रिलिज भएको हो ।

यसपालि स्टेज कार्यक्रम त ठप्पजस्तै भयो हैन ?
हो, गत वर्ष मैले तीजमा एक दर्जनभन्दा बढी स्टेज कार्यक्रम गरेकी थिएँ । सोक्रममा करिब ६ लाख रुपैयाँ त मैले स्टेज कार्यक्रमबाटै तीजमा कमाएकी थिएँ । तर, यसपटक एउटा पनि स्टेज कार्यक्रम छैन । कोरोनाको कारण सरकारले मानिसहरू भेला भएर कार्यक्रम गर्न रोक लगाएको छ । जसका कारण एउटा पनि स्टेज कार्यक्रम यो वर्ष नभएको हो । तीजमा कमाएको खर्चले दसैंदेखि तिहारसम्म मनाउने गरिन्थ्यो । तिहारपछि बल्ल मेला महोत्सव सुरु हुने र हाम्रो आम्दानी हुने गर्दछ । तर, यसपटक अवस्था नाजुक छ । लोकदोहोरी क्षेत्रका अधिकांश कलाकारहरूको अहिले आम्दानी छैन ।

(Visited 137 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)