पोखरामा मनाइयो बकर इद

पोखरा । पोखरामा बसोबास गर्ने मुस्लिम समुदायले शनिबार बकर इद हर्षोल्लासपूर्वक मनाएका छन् । पोखरा–१३ स्थित मियाँपाटनमा रहेको मस्जिदमा शनिबार सामूहिक नमाज पढ्नेहरुको व्यस्तता देखिन्थ्यो । मियाँपाटनमा मात्रै करिब ७ हजार जनाको संख्यामा मुस्लिम समुदायको बसोबास छ ।

कोरोना फैलिएकै कारण अघिल्लो वर्षजस्तो सबैजना मस्जिद र इदगाहमा गई सामूहिक नमाज पढ्न नपाएपनि घरघरमा पढ्ने गरिएको अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले बताए ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको उनले बताए ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको उनले बताए । ‘जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए,’ मियाँले भने ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ । बकर इदका दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । बकर इदको दिन मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्छ ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग(जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पोखराका मुस्लिम अगुवा ८३ वर्षीय इज्जल अली बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको जनकनन्दनीमा अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी