Tuesday, August 4, 2020
Home खेल फरक मत राख्दा दुव्र्यवहार

फरक मत राख्दा दुव्र्यवहार

काठमाडौं । नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा आफूलाई दुव्र्यवहार भएको आरोप लगाएका छन् । महासचिव भट्टाचार्यले शनिबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको कार्यसमिति बैठकमा आफूले फरक मत राख्दा संघका सदस्य दीपक महर्जनले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएका हुन् ।

कार्यसमितिका पदाधिकारीको न्यून उपस्थिति रहेको कारण थप छलफल गर्नुपर्ने विषय बहुमतको आधारमा लैजान खोजिएपछि आफूले फरक मत राखेको कारण दुव्र्यवहार भएको भट्टाचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफूलाई दुव्र्यवहार हुँदा संघका अध्यक्ष राम अवालेसँगै भए पनि अध्यक्षबाट कुनै पनि प्रतिक्रिया नआएपछि आफूले विज्ञप्ति निकाल्न बाध्य भएको बताएका छन् ।

‘शुक्रबारको बैठकमा उपस्थिति न्यून नै थियो । प्रस्ताव गरिएका विषयहरूमा मिहिन ढंगले छलफल गर्नुपर्नेमा साथीहरूबाट छलफल नै नगरी बहुमतका आधारमा जबरजस्ती लाद्न खोजेपछि म महासचिवले तयार गर्दै गरेको माइन्युट बुकमा मेरो असहमति पनि समावेश गर्छु अर्थात् लेख्छु भन्दा दीपक महर्जन कड्किए र मलाई अभद्र व्यवहार गरे ।’ विज्ञप्तिमा भनिएको छ, ‘आफूमाथि ज्यादती हुँदा अध्यक्ष राम अवाले पनि सँगै हुनुहुन्थ्यो । मैले आफूमाथि भएको अभद्र व्यवहारका बारेमा उहाँलाई जानकारी गराए । तर, उहाँबाट केही प्रतिक्रिया नआएपछि मैले बाध्य भएर यो प्रेस विज्ञप्ति जारी गरेको हुँ ।’

कोरोनाको कारण लामो समयपछि बक्सिङ संघले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । महासचिव भट्टाचार्यले राजधानी बाहिर भएका पदाधिकारीहरूकोको असन्तुष्टिका बाबजुत बैठक डाकिएको समेत बताएका छन् । भट्टाचार्यले दीपक संघको सदस्य भए पनि उपस्थितिमा हस्ताक्षर नगरी पूर्ण कार्यसमिति बैठकमा कुन हैसियतमा उपस्थित भएको भनेर प्रश्नसमेत गरेका छन् । राखेपको नयाँ खेलकुद विकास ऐनसमेत दीपकले नमानेको महासचिव भट्टाचार्यको आरोप छ ।

दीपक संघको सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक हुन् । हालै लागू भएको नयाँ खेलकुद विकास ऐनअनुसार नेपाल बक्सिङ संघको कार्यसमिति वा सहायक प्रशिक्षकबाट राजीनामा दिनुपर्ने हुन्छ । अहिलेसम्म उनले दुवै पद छाडेका छैनन् । महासचिव भट्टाचार्यले संघमा आर्थिक अनियमितता हुँदै आएको आरोपसमेत लगाएका छन् । यस्तै, भट्टाचार्यले संघ एकलौटी र तानाशाही ढंगबाट चल्दै आएको समेत बताए । उनले यो कार्यसमिति निर्वाचित भएर आएको चार वर्षको अवधिमा कुनै पनि साधारणसभा नगरेको र आर्थिक प्रतिवेदनसमेत पास नभएको बताए ।

(Visited 6 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)