Saturday, September 19, 2020
Home Uncategorized ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तेस्रो चौमासमा उत्कृष्ट प्रगति

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तेस्रो चौमासमा उत्कृष्ट प्रगति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बेरुजु फस्र्योटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष २०७६-७७ मा ऊर्जातर्फ ९९ दशमलव ९९ प्रतिशत र जलस्रोत तथा सिँचाइ मन्त्रालयतर्फ ९५ दशमलव ५९ प्रतिशत बेरुजु फस्र्योट भएको हो ।

मन्त्रालयले ऊर्जातर्फ १ अर्ब ३९ करोड ८२ लाख ८ हजार ५ सय २० रुपैयाँ बेरुजु रहेकोमा १ अर्ब ३९ करोड ८० लाख ७ हजार ४ सय ७० रुपैयाँबराबरको बेरुजु फस्र्योट गरेको छ । यस्तै, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ९९ लाख ६६ हजार ३ सय ७० बेरुजु रहेकामा ९५ लाख २७ हजार ३ सय रुपैयाँको बेरुजु फस्र्योट भएको छ । यो दुवै मन्त्रालयअन्तर्गतका विभागीय संरचनाबाहेकको तथ्यांक रहेको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्नो मन्त्रालयले उत्कृष्ट प्रगति गरेको बताएका छन् । पुनले भने ‘कोभिड–१९ को चुनौतीपूर्ण अवस्थामा पनि यो तहको प्रगति चानचुने होइन, ‘संकटको अवस्थामा समेत धेरै उत्कृष्ट काम गर्न मन्त्रालय सक्षम भएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मनिटरिङमा पनि ऊर्जा मन्त्रालय काममा राम्रो प्रगति गर्ने ठूला पूर्वाधार मन्त्रालयमध्ये एक-दुई नम्बरमै रहेको बताए । मन्त्री पुनले काममा आइपर्ने कानुनी तथा प्रक्रियागत समस्याबारे आफूलाई समयमै जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिँदै समस्या समाधानका लागि सहजीकरणको भूमिका खेल्न तयार रहेको बताए ।

मन्त्रालयको तेस्रो चौमासिक एवं वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा सो तथ्यांक प्रस्तुत गरिएको हो । ऊर्जा मन्त्रालयको तेस्रो चौमासिकमा वित्तीय प्रगति ७३ दशमलव २६ र भौतिक प्रगति ७५ दशमलव ३ प्रतिशत भएको छ । यस्तै, जलस्रोत तथा सिँचाइ मन्त्रालयतर्फ सोही अवधिमा भौतिक प्रगति ७१ दशमलव ७९ र वित्तिय प्रगति ७१ दशमलव ६७ प्रतिशत भएको छ ।

– ऊर्जा मन्त्रालयद्वारा ९९ प्रतशित बेरुजु फस्र्यौट ।
– ऊर्जा मन्त्रालयको वित्तीय ७३ र भौतिक ७५ प्रतिशत प्रगति ।
– सिँचाईतर्फ भौतिक ७१ र वित्तीय ७१ प्रतिशत प्रगति ।
– थप ५ हजार ५ सय ५९ क्षेत्रफलमा सिँचाइ ।
– ५० लाख १० हजार घरधुरी विद्युतको पहुँचमा ।
– प्रसारण लाइनको लम्बाइ ४ हजार २ सय ५१ किलोमिटर पुग्यो ।

गत आर्थिक वर्ष ऊर्जातर्फको कुल बजेट ७५ अर्ब ५३ करोड ४० लाख थियो । जसमध्ये ४६ अर्ब ३९ करोड ५२ लाख खर्च भएको छ । जलस्रोत तथा सिँचाइतर्फ २४ अर्ब ७८ करोड ७५ लाख बजेटमा १४ अर्ब ५ करोड ४० लाख खर्च भएको छ । यसरी हेर्दा ऊर्जातर्फ वार्षिक प्रगति ६१ दशमलव ४२ प्रतिशत र भौतिकतर्फ ७८ दशमलव ३६ प्रतिशत प्रगति देखिएको छ । जलस्रोत तथा सिँचाइतर्फ वार्षिक प्रगति वित्तीयतर्फ ५६ दशमलव ७० प्रतिशत र भौतिकतर्फ ७२ दशमलव ३० प्रतिशत छ ।

भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजनाको संख्या ८ रहेको छ भने ५० प्रतिशतभन्दा बढी प्रगति गर्ने आयोजनाको संख्या ११ रहेको छ । यस्तै, जलस्रोत तथा सिँचाइतर्फ भौतिक प्रगति ८० प्रतिशत गर्ने आयोजना संख्या १६ छ भने ५० प्रतिशत प्रगति गर्ने आयोजनाको संख्या १३ छ । कुल ३३ मध्येचारवटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार गत आर्थिक वर्षमा १ सय ४९ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । योसँगै नेपालको कुल जलविद्युत् जडित क्षमता १ हजार ३ सय ९९ मेगावाट पुगेको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही ठूला आयोजनाको निर्माण गत आर्थिक वर्षमै सक्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारीका कारण लक्ष्यअनुसार काम हुन सकेन । यस्तै, गत आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत बढेर २ सय ६० किलोवाट घण्टा पुगेको छ । गत वर्ष थप ३ लाख ३४ हजार घर धुरीमा विद्युत् पहुँच विस्तार भएको हो । योसँगै नेपालमा विद्युत् पहुँच प्राप्त घरधुरी संख्या ५० लाख १० हजार पुगेको छ । मन्त्रालयले थप २ सय ८५ किलोमिटर नयाँ प्रसारण लाइन निर्माणको काम सम्पन्न गरेको छ । योसँगै प्रसारण लाइनको लम्बाइ देशभर कुल ४ हजार २ सय ५१ किलोमिटर पुगेको छ ।

यो पनि पढ्नुहोस   बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य वायु ऊर्जा थप भई कुल ८ सय ६६ किलोवाट पुगेको छ । यस्तै वर्षभरिमा थप ५२ वटा थप भई संस्थागत तथा सामुदायिक बायोग्याँसको संख्या ४ सय १९ पुगेको छ । राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् पहुँच प्राप्त जनसंख्यामा ३ प्रतिशतको वृद्धि भई ९० प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा विद्युत् वितरणका लागि २ सय ९० वटा नयाँ शब–स्टेसन निर्माण भएका छन् । विद्युत् चुहावटमा पनि उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्षमा विद्युत् चुहावट १५ दशमलव २७ प्रतशितमा सीमित भएको छ । देशभरका १६ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको छ ।

नेपाल सरकारका कुल २३ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय एक्लैले आठवटा गौरवका आयोजनाको नेतृत्व गर्दै आएको छ । विद्युत्तर्फ ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काममा ९९ दशमलव ७३ प्रतिशत भौतिक र ९८ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । गत आर्थिक वर्षमा सो आयोजनाका लागि १ अर्ब बजेट विनियोजन गरिएकामा शतप्रतिशत खर्च भएको छ ।यस्तै, बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १ सय ५३ रोपनी क्षेत्रफलमध्ये ४७ हजार ४ सय ३९ रोपनीको मुआब्जावितरणको काम सम्पन्न भएको छ । मुआब्जाबापत ३३ अर्ब ८० करोड रुपैयाँ वितरण भएको हो ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२ दशमलव २ किलोमिटर सुरुङ निर्माणकार्य सम्पन्न भएको छ । बबई सिँचाइ आयोजनाको हेडवक्र्सका साथै ७६ दशमलव २० किलोमिटर मूल र १ सय ९१ दशमलव ३३ किलोमिटर शाखा नहर तथा बाढीबाट क्षति भएको थप १७ दशमलव ९२ किलोमिटर नहरको पुननिर्माण सम्पन्न भएको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको इन्टेक तथा फिडर नहर आधुनिकीकरणको काम शतप्रतिशत सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस   क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

यस्तै,मूल नहर निर्माणको काम ९५ प्रतशित, संरचना निर्माण ९० प्रतिशत, हाइड्रोपावर निर्माण ७० प्रतिशत, तथा सिञ्चित क्षेत्र बचावटको काम ७५ प्रतिशत सम्पन्न भएको छ । सिक्टा सिँचाइ आयोजनाको बाँध तथा ४५ किलोमिटर लामो पश्चिम मूल नहर निर्माणको काम सकिएको छ । पश्चिम मूल नहरको सिधनिया शाखा सम्पन्न हुने चरणमा छ भने पूर्वी मूल नहर निर्माणको काम करिब ५० प्रतिशत सम्पन्न भएको छ । सो आयोजनाबाट पूर्व र पश्चिम गरी ७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

यस्तै, राष्ट्रिय गौरवकै अर्को आयोजनासुनकोसी–मरिन डाइभर्सन आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेको छ । पावर हाउससहित संरचना निर्माणका लागि आवश्यक संरचना निर्माणका लागि जग्गा प्राप्तिको काम सम्पन्न भएको छ । यस्तै, सुरुङ निर्माणका लागि लागत अनुमान तथा खरिद कागजात तयार भएको छ । हेडवक्स, पावर हाउस लगायत संरचनाको विस्तृत डिजाइनको काम जारी छ ।

गत आर्थिक वर्षमा थप ५ हजार ५ सय ५९ क्षेत्रफल जमिनमा सतह सिँचाइमार्फत सिँचाइ सुविधा पुगेको छ । योसँगै सतह सिँचाइ हुने कुल जमिनको क्षेत्रफल ९ लाख ९६ हजार ९ सय १७ हेक्टर पुगेको छ । यस्तै, विभिन्न ठूला नदीमा ९१ किलोमिटर लामो तटबन्ध निर्माण गरिएको छ । तटबन्धसँगै बाढीका कारण बगरमा परिणत भएको ४ सय ९ हेक्टर जमिन जग्गा उकासमार्फत खेतीयोग्य बनाइएको छ ।

(Visited 21 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

जनकपुरलाई मदिरामुक्त शहर घोषणा गरिन्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । जनकपुरधामलाई मदिरामुक्त बनाउने माग उठिरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि त्यसको पक्षमा देखिएका छन् ।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख...

जाजरकोटमा पहिरोले बस्ती बगाएपछि ज्यान जोगाउन ओढारमा

जाजरकोट । अबिरल बर्षासंगै आएको बाढी पहिरोले कर्णाली प्रदेशको जाजरकोटमा ठुलो जनधनको क्षति भएको छ । लगातार आएको बाढी पहिरोमा परेर १० जनाको ज्यान...

भारतबाट फर्कनेको जोखिम

भारतमा लकडाउन भइरहेको समयमा पनि भारतीय सरकारले १५ वटा राज्यमा रेल सेवा सुरु गरेसँगै त्यहाँ रहेका नेपाली मजदुरहरू स्वदेश फर्कने तयारी गरेका छन् ।...

ई-पेपर

(Visited 63 times, 1 visits today)