Friday, March 5, 2021
Home Editor-Picks २७ वर्षपछि गाउँतिर सोझियो कन्काई : डरले निदाउँदैनन् गाउँले

२७ वर्षपछि गाउँतिर सोझियो कन्काई : डरले निदाउँदैनन् गाउँले

 झापा । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिँदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । ‘बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ ।

स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको बताउछन् कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवर ।  ‘‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन ।’’ उनले भने ।

इलामबाट आउने कन्काई नदी झापाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु-याउँदै आएको छ । बाढी आउँदा घरजग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा कन्काईले हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।

स्थानीयवासीका अनुसार यसपालि कन्काईको पूर्वीतटमा भइरहेको कटानले शिवसताक्षी र झापा गाउँपालिकामा धेरै क्षति पु-याइरहेको छ । सत्ताइस वर्षपछि नदीको वहाब शिवसताक्षी–७ का रुदिला र लालपानी बस्तीतिर सोझिएको छ । तीन दिनदेखि भइरहेको तीव्र कटान रोकिएन भने अबको केही दिनमै रुदिला, लालपानी, पाङ्ग्रे, फुटानी, मदरगाछ र सिमलबाडीमा रहेका दशौं हजार बिघा उर्वर जमिन र सयौं घर रहेको बस्ती बगरमा परिणत हुनसक्ने त्रास उत्पन्न भएको छ ।

यो पनि पढ्नुहोस   देउवाले बोलाए पदाधिकारी बैठक

अहिले नै गङ्गाराम राई, शेरबहादुर इजम, राजेश सुब्बा, तारा भुजेलसहित एक दर्जन परिवारको धानखेत कटानले क्षति पु-याइसकेको छ । उनीहरूको वर्षभरि खानका लागि अन्न फलाउने खेत बगर भएको छ । कटानले अरु दर्जनाैं किसानको खेतमा क्षति पु-याउने क्रम रोकिएको छैन ।

कन्काईको पूर्वी तटमा करिब ८०० मिटर क्षेत्रमा कटान तीव्र बन्दै गएका कारण ६० घर तत्काल अन्यत्र सार्नुपर्ने अवस्था आइसकेको स्थानीयवासी बताउँछन् । खोला गाउँतिर कटान गर्दै सोझिएको जानकारी शिवसताक्षी नगरपालिकालाई गराइसकिएको स्थानीयवासी तेजबहादुर कुँवरले बताए । नगरपालिकाका वडा सदस्य चन्द्र सङ्ग्रौलाले मात्र कटान क्षेत्रको निरीक्षण गरेका छन् ।

नगरपालिकाका प्रवक्ता नवीन इजमले कटान कसरी रोक्ने भन्ने विषयमा नगरपालिका गम्भीर रहेको र यसका लागि जनताको तटबन्धन कार्यालयसँग समन्वय भइरहेको बताए । ‘‘तीन किलोमिटर दक्षिणमा कन्काईले बाँध फुटाएर ठूलो क्षति पु¥याएको हुँदा यहाँका बासिन्दा त्रसित हुनुभएको छ,’’ प्रवक्ता इजमले भने ‘‘इञ्जिनीयरलाई लगेर केही दिनअघि कटानस्थल देखाएका थियौं, उनीहरुले नदीको वहाब घटेपछि उपाय गर्ने बताएका छन् ।’’ स्थानीयवासीले तत्काल नदी कटान रोक्ने उपायको माग स्थानीय सरकारसँग गरेका छन् । रासस

(Visited 867 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

साताका लोकप्रिय समाचार

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

लेस्टर सिटी उपाधि दौडबाट बाहिर

काठमाडौं । इग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न दोस्रो लेगमा लेस्टर सिटी स्लोभिया प्रहासँग २-०ले...

ट्रेन्डिङ

सांसदको हदैसम्मको गैरजिम्मेवारी

प्रतिनिधिसभा बैठकमा हाजिर गरेर टाप कस्ने सांसदको बानी अहिले संसदीय संस्कारमा रूपान्तरण भएको छ । आफ्नो मूल कार्यथलोमा नै सांसद अनुपस्थित हुन थालेपछि संसद्बाट...

सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
यो पनि पढ्नुहोस   कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

गण्डकी प्रदेश अब बागलुङ केन्द्रित

पाेखरा । बागलुङ जिल्लामा पनि काेराेना परीक्षणकाे र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएपछि गण्डकी प्रदेशकाे ध्यान त्यतातिर...

नौ महिनापछि काठमाडौँ–दिल्ली उडान

काठमाडौँ । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन...

‘मौन क्रन्दन’को अनलाइन विमोचन सम्पन्न

काठमाडौं । डा. सावित्री श्रेष्ठको कथा संग्रह ‘मौन क्रन्दन’ को शनिबार अनलाईन विमोचन गरिएको छ । विगत तीन दशकदेखी नेपाली साहित्यमा संलग्न रहेकी लेखक...

भारतले भन्यो ‘ओली नेतृत्वको सरकार बनेपछि द्धिपक्षिय साझेदारीमा उल्लेख्य उपलब्धि’

काठमाण्डौं । छिमेकी मुलुक भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ । नेपालका लागि...

बाँकेमा ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

भर्खरै

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

धेरै पढिएका

अब इन्टरनेट बैंकिङबाट २० लाख भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएपछि कारोबारमा सहजता हुने भएको छ ।  बैंकिङ कारोबारमा सीमितता रहँदा कारोबार गर्न...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)