टेटे प्रशिक्षण आजदेखि

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघले भोलि (बुधबार)देखि प्रशिक्षण थाल्ने भएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै टेबल टेनिसको प्रशिक्षण बुधबारदेखि सुरु हुने जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनअनुसार संघ र टेबल टेनिसका मुख्य प्रशिक्षक सञ्जीवकुमार ढुंगेलबीचको छलफलपछि बुधबारदेखि प्रशिक्षण थाल्ने उल्लेख गरेको छ । संघको निर्णयअनुसार कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै हालका लागि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष सिंगल्स र महिला सिंगल्सतर्फ प्रि–क्वार्टरफाइनल प्रवेश गर्ने खेलाडीहरूलाई प्रशिक्षणमा डाकिने प्रशिक्षक ढुंगेल र संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीका कारण टेबल टेनिस खेलाडीले गएको चैत महिनादेखि प्रशिक्षण गर्न पाएका छैनन् । नेपाल सरकार, वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लूएचओ)को नियमलाई पालना गर्दै कराते र ब्याडमिन्टनलगायतका खेलहरूको प्रशिक्षण भइसकेको छ ।

नेपाल सरकारले १ भदौदेखि खेलकुदको प्रशिक्षणका लागि अनुमति दिइसकेको छ । नेपाली राष्ट्रिय फुटबल टोली र क्रिकेट टोलीले १ भदौबाटै प्रशिक्षण थाल्ने योजना बनाएको छ । काठमाडौंबाहिर रहेका फुटबलका खेलाडीहरू अहिले क्वारेन्टाइनमा रहेका छन् । उनीहरूले यसैसाता आरटी पीसीआर टेस्ट हुँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका शीर्षनेता पोखरामा : नयाँ युगको सुरुआत अहिलेको गठबन्धनबाटै