सप्तकोशीको बहाब गाउँतीर सोझियो

चिलिया टप्पु (उदयपुर) । सप्तकोशी नदीको बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ ।

स्थानीयबासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोशी सम्झौता अनुसार भारत सरकारले नदीको दुवै तर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको बताउँछन् सप्तकोशी नदीकै छेउमा घर र खेती भएका बराह क्षेत्र नगरपालिका– ६ का बाजाहाङ लिम्बु । ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन ।’ उनले भने । सप्तकोशी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोशी किनाराका हजारौंँ बासिन्दालाई घरबार बिहीन बनाई सकेको छ ।

बेलका नगरपालिका– ३ स्थित चिलिया टप्पु, श्रीलंका टप्पु, सिसौली टप्पु, एबिसि टप्पु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष उच्च जोखिममा परेको छ

 

बेलका नगरपालिका– ३ स्थित चिलिया टप्पु, श्रीलंका टप्पु, सिसौली टप्पु, एबिसि टप्पु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष उच्च जोखिममा परेको छ । सप्तकोशीमा पानीको बहाब घटेसँगै कटान तीब्र रुपमा बढेकाले त्यस क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् । कोशीले ६ सय मिटर कटान गरि सकेको छ । करिब २ सय मिटर कटान गर्न बाँकी रहेको छ । २ सय मिटर कटान गरे भने त्यहाँ बसोबास गर्ने ४ हजार घर परिवार बिस्थापित हुनुका साथै ठुलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका– ६ का वडा सदस्य श्यामबहादुर लिम्बुले बताए । ‘रोक थाम गर्न नसके बेलका नगरपालिकाका ३, २, १ सहित सप्तरीको फत्तेपुर, कन्चनरुपम, भारहद, राजबिराज हुँदै कुनै नाका भएर नदि बग्ने छ’ लिम्बुले भने ।

सप्तकोशी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बाले सेवा आधारभूत बिद्यालय, जनता आधारभूत बिद्यालय, कौशिका आधारभूत बिद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत बिद्यालय सहित २ वटा स्वास्थ्य संस्था बिस्थापित भई सकेको वडा सदस्य लिम्बुले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबिसि, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु बिस्थापित हुने तयारीमा रहेको उनले बताए । सप्तकोशीको चार वटा भगालो छ । पुर्व पट्टिको भगालोले राजाबास चक्रघट्टी तर्फ कटानलाई तीब्र बनाएको छ भने पश्चिम पट्टिको भगालोले उदयपुर तर्फको चिलिया टप्पुमा क्षति प-याएको छ । सबै भन्दा खतरा पश्चिम भगालो हो । यसले उदयपुर, सप्तरीको अधिकाश भागमा क्षति पु-याउछ ।

सप्तकोशी नदीमा पानीको बहाब घटन् थालेपछि बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पर (बाँध) कटान गर्न थालेपछि स्थानीयबासी चिन्तित भएको हो । कोशीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेकाले कमजोर बनेको स्पर १० को मर्मत सम्भार कार्य तीब्र पारेको हो । यसै हप्ता लगातार भएको वर्षाको कारण नदीमा बढेको पानीको बहावले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायी रुपमा मर्मत थालेको जनाएको छ ।

सो क्षेत्रमा कोशीले कटान गरेको भागमा मर्मत नहुँदा त्यहाका स्थानीयबासिन्दाहरुमा बाढीको त्रास बढेको हो । कोशीको पानीको सतह लगातार ओरालो लागेकाले कटान गरेका हुन । कटान भएको ठाउँमा थप कटान रोक्नका लागि बिहारबाट आएका जलसंसाधनका अधिकारी तथा ठेक्कादारले कटान रोक्ने प्रयास स्वरुप मर्मत गरिएको हो । कटान भएका ठाउँमा ठेकेदार ज्योति झाले अस्थायी रुपमा २५ हजार बोरामा बालुवा भरे कटान रोक्ने प्रयास गरिएको छ । कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय सरोकारवालाहरुले कटान रोक्नमा निगरानी गरि तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग र संघिय सरकारमा नगर विपद ब्यवस्थापन समितिबाट निर्णय गरि जानकारी गराई प्रदेश सरकार मार्फत बिहार सरकारले अस्थायी रुपमा बाँध मर्मत गरेको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।

कोशी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको गुनासो छ

त्यसैगरी बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालका अनुसार कोशीको पूर्वी किनारमा रहेको १० नम्बर नोज स्पारले बराहक्षेत्रको ठाकुरबारी बस्तीलाई जोखिम पार्ने भएकाले मर्मत गरि जोगाएको छ । सो बांध फुटेको खण्डमा चक्रघट्टी बजार लगायतका क्षेत्र पनि लैजान सक्ने भएकाले तत्काल कटान रोक्ने कार्य भई रहेको खनालले बताए ।

सुनसरीको भाण्टाबारी कोशी व्यारेज देखि उत्तर बराह क्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मूख्य दायित्व भने भारत सरकारको रहेको नगर प्रमुख खनालको भनाई छ । कोशी व्यारेज निर्माण गरेको बेला देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको खनालको गुनासो छ ।

कोशी तथा बक्राहा नदि नियन्त्रण आयोजना बिराटनगरका प्रमुख भिलानन्द यादबका अनुसार कोशी सम्झौता अनुसार चतरा देखि ब्यारेज सम्म भारत सरकारले तटबन्ध निर्माण गर्ने सम्झौता छ । कटान भएको बेला अस्थायी रुपमा भारत सरकारले मर्मत गर्दै आएको छ । सम्झौता अनुसार भारत सरकारले निर्माण गर्न पर्ने भएकाले नेपाल सरकार सामान्य मर्मत बाहेक ठुला योजना सञ्चालन गर्न नमिल्ने बताए ।

कटान रोकथामका लागि बिहार सरकारले अस्थायी रुपमा बोरामा बालुवा भरेर काम गरि राखेको कोशी योजनाका चिफ ईन्जिनियर प्रकाश दासको भनाई रहेको छ । आवश्यकता अनुसार काम गर्दै जानेछौं ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी