बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु, दुई जना भागेर बाँचे

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीय पशुपति बोहरा र उनका १२ बर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

बिहीबार राती १२ बजेतिर पहिरो खस्दा घर भित्रै सुतीरहेका आमा छोराको मृत्यु भएको हो । १६ बर्षीय सुजिता बोहरा र १२ बर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिए ।

घरभित्र पुरिएका दुवै जनाको शव निकालेर पोष्टमार्टमा लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ ।

मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरगढमा रहेको र लकडाउनका कारण घर आउन पाएका छ्रैनन् । घरमाथिबाट खसेको पहिरोले आमा छोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताए । सो ठाउँमा तलतिर पनि पहिरो खस्ने सम्भवना रहेकाले अरु घरहरु पनि पहिरोको जोखिममा परेका उनले बताए । भित्र कमेरोयुक्त माटो भएकाले बलाली पहिरोको उच्च जोखिममा रहेको स्थानीयहरुले बताएका छन् ।

लगातार बर्षा भईरहेकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा बैतडीका ८ ओटा स्थानीय तहमा पहिरोको उच्च जोखिम छ । पहिरोले बर्षेनी खेतीयोग्य जमीन र धनजनमा समेत क्षति पुर्याउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति