दैलेख । “समृद्ध कर्णालीको दिगो,आर्थिक विकासको आधार,अर्गानिक कृषि पर्यटन,जलश्रोत र उद्योग हुन पुर्वाधारा” भन्ने नारायका साथ मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली एक्सपो महोत्सव सञ्चालन हुने भएको छ ।
महोत्सवको उद्घाटन भाली दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिए । उनले भने,उद्घाटन पुर्वका सबै काम सकिएको छ । स्टल व्यवस्थापन लगायतका काम अन्तिम चरणमा रहेका छन । ती काम मंगलबार विहान नै सकिन्छन् ।
महोत्सवमा आगलागी, हावाहुरीबाट भिडभाड, खेलाखेल्दा कुनै दुर्घटना भए, हाताहाती भएमा आयोजकले ६ करोडको विमा गरेको अध्यक्ष रावतको भनाइ छ । एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ । ।पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो पटको महोत्सव फरक हुने आयोजकको दावी छ ।
आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने मुलआयोजक समितिका संयोजक रावतले जानकारी दिए । विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवं व्यापार प्रवर्द्धन गरिने छ । महोसत्वमा ५ सयवटा स्टलहरु रहेन छन् भने ८० वटा स्टल कृषिका राखिने छन् ।
कर्णालीका १० वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरुको प्रदर्शनी गरिनेछ । पहिलो पटक लण्डन ब्रिज (प्रवेशद्वार) सहित बु्रजअल अरब दुवई सेल्फी जोन पनि व्यवस्था गरिएको छ ।
महोत्सवमा ६ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा राखिएको छ भने १ करोड ३० लाख रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्द्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्नेछ । सरकार, निजी–सहकारी साझेदारीले कर्णाली ासिक उदाहरण बन्ने सरोकारवाला भनाई छ । महोत्सव फागुन ६ देखी शुरु भई फागुन १७ सम्म सञ्चालन हुने छ ।