Thursday, October 1, 2020
Home Editor-Picks पुनर्निर्माणको एक वर्ष : ८९ हजार घर बनाइए

पुनर्निर्माणको एक वर्ष : ८९ हजार घर बनाइए

६ लाख ३४ हजार ९७३ गुनासा सम्बोधन

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षतिग्रस्तमध्ये गत आर्थिक वर्षमा ८९ हजार ३ सय ७७ नीजि घर पुनर्निर्माण भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वर्ष ८९ हजार ३ सय ७७ घर पुनर्निर्माण सम्पन्न र ७० हजार १ सय ९६ ले निर्माण सुरु गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा निजी आवासतर्फ २१ हजार ९ सय ८१ जनाले अनुदान सम्झौता गरेका छन्, जसमध्ये २१ हजार ३७ ले पहिलो किस्ता लिएका छन् ।

उल्लेखित अवधिमा दोस्रो किस्ता लिनेको संख्या १ लाख २ हजार ९ सय ४६ र १ लाख ४५ हजार १२९ ले तेस्रो किस्ता लिएका छन् ।

प्रबलीकरणतर्फ गत आर्थिक वर्षमा ३२ हजार ७ सय १७ लाभग्राही कायम भएकोमा ३२ हजार ६ सय ७ ले सम्झौता र त्यसमध्ये ३१२ ले पहिलो किस्ता लिएका छन् ।

प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ मा ९ सय १८ विद्यालय पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । त्यस्तै, ३३ स्वास्थ्य चौकी, ७३ पुरातात्विक एवं सांस्कृतिक सम्पदा, ४४ सरकारी तथा सुरक्षा निकायका २४ वटा भवन पुनर्निर्माण सम्पन्न गरिएको छ ।

धरहरा तथा रानीपोखरीलगायत पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेका ठूला संरचनामा गत आर्थिक वर्षमा उल्लेखनीय प्रगति भएको प्राधिकरणको दाबी छ । धहराको १०औं तल्ला ढलान सकिएको छ ।

रानीपोखरी पिंधमा कालोमाटो सतह मिलाउने र पर्खाल लगाउने कार्य सम्पन्न भएको छ । बालगोपालेश्वर मन्दिर, पुल र पोखरी परिसर सौन्दर्यीकरण ८० प्रतिशत सकिएको छ ।

गत आर्थिक वर्षमा सिंहदरबार प्रबलीकरणमा प्रगति भएको छ । पूर्व, उत्तर र दक्षिण भागमा प्रबलीकरण कार्य सम्पन्न भई हाल विद्युतीकरण कार्य जारी छ ।

त्यस्तै, पश्चिमतर्फको भागको प्रवलीकरण कार्य सुरु भई २५ प्रतिशत कार्य सम्पन्न भएको छ । हालै, राजधानीमा सम्पन्न आर्थिक वर्ष २०७६/०७७ मा भएका पुनर्निर्माण प्रगति, समस्या तथा सिकाइ समीक्षा कार्यक्रममा प्राधिकरणले गत आर्थिक वर्षमा ६ लाख ३४ हजार ९ सय ७३ गुनासा सम्बोधन गरेको जनाएको छ ।

पुनर्निर्माणसँग जोडिएका मन्त्रालय, विभाग तथा अन्य निकायका प्रतिनिधिको सहभागितामा वार्षिक समीक्षा गरिएको थियो । वार्षिक समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा प्राधिकरणका विभिन्न निकायमार्फत दर्ता गुनासा पूर्ण सम्बोधन भई नजिता प्रकाशित गरिएको जनाउँदै प्राधिकरणले कुल ६ लाख ३४ हजार ९ सय ७३ गुनासा सम्बोधन भएका छन् ।

समीक्षामा गत आर्थिक वर्ष मध्यावधिपछि देखिएको कोराना माहामारीका कारण पुनर्निर्माणका कतिपय कार्य निर्धारित समयमै सम्पन्न गर्न नसकिएको, त्यसो हुँदा बजेट फ्रिज भएको तर त्यसअनुरुप चालु आर्थिक वर्षमा कतिपय कार्यक्रम र बजेट विनियोजन हुन नसकेको, सहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको, केही विद्यालय पुनर्निर्माणका लागि जग्गालगायत समस्या छन् ।

(Visited 46 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा

सप्तरी । राजविराज नगरपालिकाले नगर क्षेत्रको पुरानो शैक्षिक संस्था बाल मन्दिरलाई वडा नं. ७ स्थित रमेश नारायण दास आदर्श विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद...

कविता : भो नसुत डा. केसी !

  भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

धेरै पढिएका

ओली–दाहालबीच तीन घण्टा छलफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकार पुनर्गठनका लागि आन्तरिक तयारीमा जुटेका...

कंगनाको कार्यालयमा छापासहित धम्की

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको मुम्बईमा रहेको मणिकर्णिका फिल्मको कार्यालयमा सोमबार बृहत् मुम्बई नगर निगम (बीएमसी)ले छापा हानेको छ । तर, के कारणले...

पर्यापर्यटन, होमस्टे र सहकारी

काठमाडौं । मुलुक द्वन्द्वग्रस्त अवस्थाबाट भर्खरै शान्ति प्रक्रियामा आएको थियो । सशस्त्र द्वन्द्वका क्रममा विदेशी पर्यटकले भौतिक रूपमा खासै क्षति बेहोर्न परेन । तर,...

मौद्रिक नीति आर्थिक पुनरोत्थानको दिशामा केन्द्रित हुने

काठमाडौं । सरकारले ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को ‘मौद्रिक नीति’ आर्थिक पुनरोत्थानको दिशामा केन्द्रित हुने भएको छ । साढे तीन महिनाभन्दा बढी...

ई-पेपर

(Visited 64 times, 1 visits today)