घुस सहित सव–इन्जिनियर पक्राउ


भोजपुर। घुससहित सव इन्जिनियर पक्राउ परेका छन् । भोजपुरको आमचोक गाउँपालिकामा करारका असिष्टेन्ट सव– इन्जिनियर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु. ५ हजार घुस लिदै गर्दा सोमबार अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।


राईले गाउँपालिकामा सञ्चालन भईरहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । राईलाई घुस लिदै गर्दा सोही गाउँपालिकाको वडा नं. ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो ।


त्यस्तै गत माघ महिनामा भुकम्प पीडितसंग अन्तिम किस्ताको रकम लिनको लागि आवश्यक कागजात मिलाई दिन्छु भन्दै घुस लिदै गर्दा रंगेहात पक्राउ परेका भोजपुर नगरपालिकामा कार्यरत सव–इन्जिनियर प्रकाश वितारी विरुद्ध सोमबार नै विशेष अदालत काठमाण्डौमा अरोप पत्र दायर भएको छ । तिवारी सेवाग्राहीसंग रु. ६ हजार घुस लिदै गर्दा रंगेहात पक्राउ परेका थिए ।


तिवारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने ठहर भएकाले मुद्धा दायर गरिएको जनाईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 512 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसमा सानेपा भर्सेज चुनदेवी