स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते

तुलसीपुर । तुलसीपुरको अश्वारामा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् । घाइेत हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ अवारा निबासी टेकबहादुर साहु रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

घाइतेको भएका साहुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट पश्चिमतर्फ गइरहेको बा१८च ७२०३ नम्बरको स्कारपियो जीपले रा२प४०३३ नम्बरको मोटरसाईलकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित