क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना

याउन्डे । अफ्रिकी मुलुक क्यामरुनको तनावग्रस्त एङ्लोफोन क्षेत्रका गाउँलेहरू एउटा ‘दुर्भाग्यपूर्ण दुर्घटनामा’ मारिएका यहाँको सेनाले सोमबार एएफपीलाई बताएको छ ।

अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा १४ बालबालिका, केही महिलासहित २२ जनाको गत शुक्रबार सामूहिक हत्या भएकोप्रति राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । राष्ट्रसङ्घले घटना’bout वास्तविकता बाहिर ल्याउन क्यामरून सरकारलाई आग्रह पनि गरेको छ । राष्ट्रसङ्घले मृतकका आपन्तजनप्रति समवेदना प्रकट गरेको छ । मारिनेमा पाँच वर्षमुनिका नौ बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता संगठन ओसिएचएका अधिकारी जेम्स नुनानले बताउनुभएको छ ।

घटनापछि स्थानीय बासिन्दा त्रसित भएको उहाँले बताउनुभयो । क्यामरुनको विपक्षी पार्टीले घटनामा आर्मी सम्लग्न रहेको आरोप लगाएको छ । क्यामरुनको सरकारले देशको उत्तर–पश्चिमी क्षेत्रमा सक्रिय रहेका विखण्डनकारीविरुद्ध विगत तीन वर्षदेखि कारवाही अभियान सञ्चालन गरिरहेको छ ।

सरकारले अहिलेसम्म घटना’bout कुनै टिप्पणी गरेको छैन तर सोमबार सेनाका प्रवक्ता कर्नल सिरिल एटनफेक गुएमोले उक्त आरोपलाई ‘गलत दावी’ भनेका छन् । सेनाको अनुसन्धानले घटनालाई ‘दुर्भाग्यपूर्ण दुर्घटना’ बताएको छ भने यसलाई पृथकतावादी समूहसँगको गोलीबारीको क्रममा ईन्धनको विस्फोट हुँदा भएको एएफपीलाई फोनमा बताउनुभयो । उनले घटनामा मारिनेमा एक महिला र चार बच्चाहरुसहित पाँचजना सर्बसाधारण रहेको र सात आतङ्ककारी मारिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित