निफमा ट्रयाप र बुलबुल उत्कृष्ट

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (निफ)का अवार्डमा समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको चलचित्र ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पार्यो ।

यस्तै यो महोत्सबमा अन्तराष्ट्रिय बृत्तचित्र बिधातर्फ बहुपतिप्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित नेपाली बृत्तचित्र ‘को हस्बेन्ड’ उत्कृष्ठ बन्यो । यो बृत्तचित्रले माउन्ट एभरेस्ट अवार्डसँगै १ हजार अमेरिकी डलर जित्यो । पाण्डेले हुम्लाको बहुपति प्रथामा यो बृत्तचित्र निर्माण गरेका थिए । पाँच दिन देखि काठमाडौंको राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा चलेको यो महोत्सब सोमबार बेलुकाबाट अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ ।

यहीवर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको स्प्रिट अफदि ड्रइङ गर्ल’ले पायो । मञ्जुश्री अवार्ड नामदिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर थियो ।

अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीयफिल्म नुरी उत्कृष्ट मानिएको थियो । फिल्ममाभारत पाकिस्तानबोर्डरमा चेपिएकी एक युवतीको कथापेश गरिएको थियो । बाग्मति अवार्ड नामदिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ ।

यस्तै इन्टरनेसनल सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको थियो ।सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’लाई प्रदान गरियो । यस्तै नेपाल पानोरमातर्फ बिनोद पौडेल निर्देशन चलचित्र बुलबुलको बर्चश्व रहेको छ । यो फिल्ममा स्वदेशी चलचित्रको फिक्सन विधा तर्फ ६ ओटै विधामा अवार्ड जितेको छ । महोत्सबमा बुलबुलले नेपाल पनोरमातर्फ फिचर विधाको उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उकृष्ट अभिनेत्री, उत्कृष्ट पटकथा, जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो ।

यो चलचित्रबाट स्वस्तिमा खड्काले नायिकाको अवार्ड, विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड, मुकुन भुषाल र लक्ष्मी बर्देवाले जुरी अवार्ड अवार्ड पुरुष र महिलातर्फको अवार्ड प्राप्त गरे ।

यस्तै दीपेन्द्र लामाको चलचित्र ‘गोपी’ले यो महोत्सबमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड सहित तीन अवार्ड जितेको छ । यो फिल्मबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड, शेलेन्द्र डि कार्कीको छायांकारको अवार्ड हाँसिल गरे ।

कार्यक्रममा नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित लघु चलचित्र जुनुको जुत्ताले हाँसिल ग¥यो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविनकुमार राउत निर्देशित‘कलम’ले जित्यो । फेस्टिभलको आयोजना नेपालफिल्म एन्ड कल्चरल एकेडेमीले गरेको हो ।

फिचर फिल्मतर्फका मुख्य निर्णयकमा भारतीय चलचित्र निर्देशक प्रकाश झाको टोली थियो । अवार्डमा विजेता छान्ने कामफिचर र डकुमेन्ट्रीमा छुट्याएर गरिएको थियो । फिचर फिल्मतर्फको निर्णायकको नेतृत्व प्रकाश झाले गरेका थिए भने उनलाई मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राकले सघाएका थिए ।

झाले नेपालसँग फिल्मका जुनसुकै विधामा सहकार्य गर्न तयार रहेको आईतबार अवार्ड समापन समारोहमा बताए । ‘काठमाडौं यो मेरो पहिलो खेप थियो तर अबआउने जाने गरिरहन्छु । सँगै सिनेमा सम्बन्धी जे कामकालागि पनि सहकार्यकालागि तयार छु,’ उनले भने । यस्तै बृत्तचित्र तर्फको जुरीमा श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणा सहित करुण थापा, युनी हाडी सदस्य थिए ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे नाैमूलेमा प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा समाजवादी विजयी