Thursday, September 24, 2020
Home सूचना प्रविधि २२ हजारमा मुल्यमा इन्फिनिक्सले नाेट सेभेन माेबाइल ल्यायाे

२२ हजारमा मुल्यमा इन्फिनिक्सले नाेट सेभेन माेबाइल ल्यायाे

काठमाडौं। युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको Note 7 सिरिज लन्च गरेको छ । इन्फिनिक्सको Note 7 सिरिजमा 48MP Quad क्यामेरा जडित छ र यसले कम प्रकाश भएको ठाँउमा पनि high detail फोटो खिच्छ । साथै यसमा MediaTek Helio G70 chipset / 6.95” HD+ Infinity-O display जडित छ । यस Note 7 सिरिजमा 4GB RAM छ भने 128 GB storage memory छ । Note 7 सिरिज अगस्ट १२, २०२० देखि बजारमा उपलब्ध छ । यस स्मार्टफोन हरियो, कालो र निलो गरेर तीन वटा मनमोहक रंगहरूमा उपलब्ध छ र यसको परावर्तनशील सिसालाई सूक्ष्म ढाँचाहरूले सुन्दर बनाएको छ ।

Note 7 मा 48 MP Quad camera जडित भएकोले प्रयोगकर्ताहरूले प्रकाशको मात्रा धेरै वा थोरै भएको र विशेष गरी कम प्रकाश भएको ठाँउमा पनि धेरै नै राम्रो (ultra-high-resolution) फोटो खिच्न सक्छन्, चाँहे त्यो सुन्दर सूर्यास्त हुँदै गरेको समय होस् या लाईट पछाडीको सडकको दृश्य; चाँहे त्यो सेल्फी होस् या रातको समयमा फोटो खिच्दा चाहिने हाइलाइटहरू । Note 7 डिटेल क्याप्चर गर्न तथा स्पष्ट र जीवन्त सौन्दर्यको भान हुने खाल्का फोटा खिच्न सक्षम छ ।

 कम्पनीले æNote 7 बजारमा ल्याउन पाउँदा गर्वको महसुस भएको जनाएकाे छ । æNote 7 ले स्टाइलिश डिजाइन, ट्रेंडी प्रविधि र उच्च गुणस्तरको हार्डवेयर र सफ्टवेयर जस्ता शक्तिशाली फिचरका साथ प्रीमियम स्मार्टफोनको अनुभव दिने इन्फिनिक्सको विरासतलाई आत्मसाथ गरेको कम्पनीकाे दावी छ । æNote 7 त्यस्तो स्मार्टफोन हो जसले इन्फिनिक्सको प्राविधिक नयाँपनलाई समेटेको छ भने लक्षित उपभोक्ताहरूको सबै प्रकारको सामग्री हेर्न र सुन्न तथा उपलब्ध भएका सबै फिचरहरू चलाएर विस्तारित अनुभव लिने वास्तविक आवश्यकताहरूसंग मेल खाने खालकाे फिचर दिने हाम्रो चाहनालाई पुर्ती गरेको छ । यस्तै मुल्यमा आउने अरु स्मार्टफोनको दाँजोमा यस नयाँ प्रविधि भएको æNote 7 प्रयोग गरेर असीमित चमत्कारहरूको अन्वेषण गर्दा हाम्रो फ्यानहरू तथा प्रयोगकर्ताहरू दंग पर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं,” कम्पनीले विज्ञप्ती जारी गर्दै भनेकाे छ ।

यो पनि पढ्नुहोस   ओपो ए ५३ को फिचर यस्तो छ

इन्फिनिक्सका लागि नवनियुक्त राष्ट्रिय वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड स्मार्टफोनको बिक्री वितरण पश्चात आवश्यक पर्ने सेवाहरूमा ध्यान दिने चासोका साथ यस स्मार्टफोनको नवीनतम संस्करणहरू बजारमा ल्याउन पाउँदा असाध्यै उत्साहित छन् ।

यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले 30fps, pixel2.8μm मा फ्ल्यास बिनानै कम प्रकाश भएको ठाँउमा पनि हरेक डिटेल र कलर क्यापचर गर्छ । अरु भन्दा पृथक रहेको यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले यस Note 7 लाई अन्य स्मार्टफोनहरूको भिडमा सबैभन्दा छुट्टै रहेको पहिचान दिन्छ । यहि बीचमा, यसमा AI Image stabilisation प्रविधि रहेको छ र प्रयोगकर्ताहरूले नाईट मोड (night mode) प्रयोग गरेर कम प्रकाश भएको अवस्थाहरूमा पनि ब्लर बिनाको फोटोहरू खिच्न सक्छन् ।

Note 7 ले सही तरिकाले हलचल र स्थिरताको पहिचान गरि यसलाई विस्तार तथा निर्मूल गर्दछ र गतीमा रहेको पोजहरूको पनि स्थिर तस्वीर खिच्दछ । यसले प्रयोगकर्ताहरूलाई धेरै गतीमा रहेको पोजहरू पनि ब्लर बिना खिच्न सहयोग पुर्याउछ । यसबाहेक, यसमा 16MP front क्यामेरा छ र यसको प्रयोगले एक सेकेन्डमा नै सेल्फीलाई एउटा राम्रो तस्विरमा परिणत गर्न सकिन्छ ।

6.95’’ HD + Infinity-O display / MediaTekHelio G70 CPU performance भएकोले यस Note 7 दैनिक काममा कुशल हुन चाहने र फोनमा गेम खेल्ने रुचाँउने प्रयोगकर्ताहरूका लागि उपयुक्त फोन हो । यस फिचरले फोनमा देखिने दृश्यको उत्कृष्ट अनुभव दिलाउँछ भने धेरै कार्य एकैसाथ सजिलै रुपमा गर्न सहयोग पुर्याउछ ; चाहे भिडियो कल गर्दा होस् या गेम खेल्दा वा मन पर्ने भिडियो हेर्दा होस् या अरु नै फिचर चलाउँदा । यसमा 5000mAh ब्याटरी भएकाले नै प्रयोगकर्ताहरूले धेरै समय सम्म फोन चलाउन सक्छन् । यसको 18W super-fast charge अर्को फिचर हो जुन उपभोक्ताहरूको द्रुत गतिको जीवनशैलीसंग मेल खान्छ । यसकाे बजार मुल्य २१ हजार ९९० रहेकाे छ ।

(Visited 203 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

धेरै पढिएका

हत्या गरेर फालिएका शबको पहिचान खुल्यो

काठमाडौं । हत्या गरेर टोखा नगरपालिका १० नवज्योतिमार्ग गोंगबुमा फालिएका पुरुषको शवको पहिचान खुलेको छ । आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा...

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी...

प्रकृतिमय संग्रहालय

गुरुङ समुदायका ग्रामीणबस्ती गोरखा वारपाक । लाप्राकजस्ता रमणीय गाउँ । सफा वातावरण, होमस्टे सुविधा, सडक विस्तार । घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र...

नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिए, एक बालकको मृत्यु

कर्णाली । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहानमा पहिरो जाँदा तीन घर पुरिएका छन् ।...

ई-पेपर

(Visited 63 times, 1 visits today)