भलायखर्कमा छिपुकामाई मन्दिरको निर्माण

सिन्धुपाल्चोक । चौतारा साँगाचोकढी नगरपालिका–३, भलायखर्कमा रहेको छिपुकामाई देवि मन्दिर निर्माण सम्पन्न भएको छ । सदरमुकाम चौताराबाट नजिकै रहेको मन्दिरको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले उद्घाटन गरेका हुन् । ३ रोपनी ३ आना जग्गामा फैलिएको मन्दिरको गएको मंसिरमा मेयर तामाङले शिलन्यास गरेका थिए ।

२३ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न भएको स्थानी दिपक थापाले जानकारी दिए । मन्दिर निर्माणका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले ३ लाख र वडा कार्यालयको २ लाख सहयोगमा मन्दिर निर्माण सुरु गरिएको थियो ।

राजधानी लगायत विदेशमा बस्ने स्थानीयले मन्दिर निर्माणका लागि १० लाख बढी संकलन गरेका थिए । मन्दिरमा २ वटा सानासहित मुख्य छिपुकामाई देवी मन्दिर रहेको छ । स्वस्थानी पुर्णीमाको अघिल्लो रात लाग्ने भलायखर्क देविथान जात्रा उर्फ ‘धोक्रे जात्रा’मा यस नगरपालिका वरीपरिको ठाउँहरुको भक्तजनले भरीभराउ हुने गर्दछन् ।

सानो गौराती उपमाले चिनिने यो मन्दिर करिब १८ औँ शताब्दीमा बेत्रावती (कुविण्डें) खोलाबाट ल्याइएको करिब ८ फिट लामो ५०० केजि बराबर तौल र २० औँ शताब्दीको अन्त्य तिर ल्याइएको करिब ६.५ फिट लामो २५० केजि बराबर तौलको ‘बाजेको खम्बा’ नामले परिचित ढुंगे पोलहरुले यस मन्दिरलाई अझै पुरातात्विक झल्को दिएको छ ।

दैवी, विपत्ति तथा आस्थिक बिमारहरुलाई समेत निको बनाउने आस्था बोकिएको यस मन्दिरमा स्वच्छ खानेपानी तथा भोज भतेरको लागि तयार पारिएको मन्दिर संगैको तल्लो चौरमा बनभोजको लागी समेत उपयुक्त ठाँउको निर्माण गरिएको छ ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन यो आर्कषक पर्यटकीय गन्तव्य हुने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए । सदरमुकाम चौताराबाट ७ किलोमिटरको यात्रा पछि मन्दिरमा पुग्न सकिन्छ । मन्दिरको अरु भौतीक निर्माणका लागि वडा कार्यालयले सहयोग गर्ने वडा अध्यक्ष तामाङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित