Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ मनसुनको दुई महिना : विपद्मा परी २३१ जनाको मृत्यु, ७७ बेपत्ता

मनसुनको दुई महिना : विपद्मा परी २३१ जनाको मृत्यु, ७७ बेपत्ता

,

काठमाडौँ । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु-याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।

नेपालमा जेठ ३१ गतेदेखि मनसुन शुरु भएको थियो । साउन ३१ सम्मको दुई महिनामा मात्रै ठूलो मानवीय क्षति हुन पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिराले क्षति पु-याएको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले साउन ३१ सम्म मनसुन सक्रिय भएपछिको दुई महिनामा मात्रै बाढीपहिरो र चट्याङबाट २३१ को मृत्यु, ७७ बेपत्ता र २०८ जना घाइते भएको जानकारी दिए ।

उक्त अवधिमा पहिरामा परेर मात्रै २०६ को मृत्यु, ६६ बेपत्ता र १६१ घाइते भए । बाढीमा परेर चारको मृत्यु, ११ बेपत्ता र एक जना घाइते छन् । चट्याङबाट २१ को मृत्यु र ४६ जना घाइते भएका छन् ।

यस पटक प्रिमनसुनमै बढी वर्षा भएको थियो । त्यसपछि मनसुनको शुरुआती समयमै धेरै पानी पर्दा जमीन गलेकाले पनि हल्का वर्षा हुँदा नै पहिराका घटना बढी भए । विपद्मैत्री विकास हुन नसक्नु अर्को कारण रह्यो भने भूकम्पलगायत कारणले पनि बढी पहिरो खसेको छ । एकै स्थानमा बढी वर्षा हुँदा भेलपहिराको जोखिम हुन्छ ।

यस पालि मुलुकका ६० भन्दा बढी जिल्ला प्राकृतिक विपत्तिबाट प्रभावित भएका छन् । यद्यपि एक दर्जनभन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति हुने गरी पहिरो खसेको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नुपरेको छ । गत असार २५ मा आएको भारी वर्षापछि आएको बाढी र भेल पहिराले बाह्रबीसेको जम्बुबजार र भोटेकोशीमा तीन जनाको मृत्यु भयो भने २० जना बेपत्ता भएका थिए । त्यसको एक महिना पाँच दिनपछि साउन ३० गते जुगल गाउँपालिका –२ लिदीमा पहिरो खस्दा १८ जनाको अकालमा मृत्यु भएको छ भने अन्य २१ जना अझै बेपत्ता छन् ।

दोस्रो ठूलो घटना असार २६ मा म्याग्दीमा भयो । भारी वर्षा हुँदा धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा खसेको पहिरामा २७ जनाको मृत्यु भयो, अझै चार जना बेपत्ता छन् । मनसुन सक्रिय रहेकाले अझै प्राकृतिक विपद्को जोखिम कायम रहेको मौसमविद्को भनाइ छ ।

मनसुन शुरु भएको दिन जेठ ३१ गते पर्वतको दुर्लुङबाट विपद्को घटना शुरु भएको थियो । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, कास्की, बझाङ, पर्वत, पाल्पा, लमजुङ, गुल्मीलगायत जिल्लामा ठूलो पहिराबाट जनधनको क्षति भएको छ ।

वैशाखयता २६६ को मृत्यु

गएको वैशाखयताको तथ्याङ्क हेर्दा सबैभन्दा बढी पहिराबाट मानवीय क्षति भएको छ । त्यसपछि चट्याङबाट बढी मानवीय क्षति भयो । उक्त अवधिमा मनसुनजन्य विपद्बाट २६६ को मृत्यु, ७८ बेपत्ता र ३३० जना घाइते भएका छन् । उक्त अवधिमा पहिरामा मात्रै २०८ जनाले ज्यान गुमाए, ६६ जना बेपत्ता छन् । बाढीबाट सातको मृत्यु र १२ बेपत्ता छन् । चट्याङबाट ५१ को मृत्यु र १६५ घाइते छन् ।

अगष्टभरि बाढीपहिराको जोखिम

जल तथा मौसम विज्ञान विभागले मनसुन कमजोर रहे पनि हल्कादेखि मध्यम वर्षा हुने भएकाले अगष्ट महिनाभरि नै जोखिम कायमै रहेको जनाएको छ । सेप्टेम्बर लागेपछि भने विस्तारै कम हुँदै जाने जनाइएको छ ।

यसपाली सेप्टेम्बर २३ मा मनसुन सकिन्छ । त्यस बेलासम्म कुनै न कुनै जोखिम रहने तर अगष्टपछि विस्तारै कम हुँदै जाने मौसमविद् शान्ति कँडेलले बताए । आज मुलुकभर नै मौसम बदली छ ।

उनका अनुसार आज पश्चिम नेपालका कास्की, जुम्ला र सुर्खेतका केही भेगमा पानी परिरहेको छ । ‘मुलुकभर नै मौसम बदली छ, सातै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ, राति र भोलि पनि त्यो क्रम जारी हुन्छ’, मौसमविद् कँडेलले भने, ‘लगातारको झरी नपरे पनि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाले नै बाढी, पहिरोको जोखिम हुन्छ ।’

उनका अनुसार अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ सरेको छ तर बङ्गालको खाडीमा एउटा न्यूनचापीय क्षेत्र बनेकाले त्यहाँबाट जल वाष्पयुक्त हावा नेपाल प्रवेश गरेको कँडेलले जानकारी दिए । उनका अनुसार सोमबार रातिदेखि भने अहिलेभन्दा वर्षा केही बढ्ने छ । लगातारको झरी भने हुने छैन ।

(Visited 178 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

गतिशीलता नै गतिको सर्वमान्य गुण हो । गतिको यो सर्वमान्य गुण बुझ्न मिहेनत गर्नैपर्नेहुन्छ । कुनै पनि प्रकारको गतिको नियम तब मात्र बुझ्न सकिन्छ...

खुल्यो निषेधाज्ञामा कर उठाउने बाटो

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीमै कर उठाउन बाटो खुला गरिदिएको छ । यसअघि निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर नतिरे...

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए

रौतहट । बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५...

ट्रेन्डिङ

ज्येष्ठ नागरिकको नमुना घर

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने प्रत्याभूति गरिएको...

११९७ संक्रमित थपिए, आज ९ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा १ हजार १ सय ९७ जना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा...

मानिसबाट जनावरमा सर्यो कोरोना, चिडियाखानाको ४ बर्षे बाघमा भेटियो संक्रमण

काठमाडौं विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाईरस) मानिसमा मात्र नभई जनवारमा समेत देखा पर्न थालेको छ । विश्वमा नै पहिलो पटक...

उर्मिलाको ताजा जवानी

काठमाडौं । लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको 'जवानी ताजा ताजा छ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको...

महामारी र राजनीति

विश्वव्यापी महामारी कोरोना भाइरस ‘कोभिड–१९’बाट विश्वमा झन्डै १ करोड १५ लाख संक्रमित छन् भने झन्डै साढे ५ लाखको मृत्यु भएको र करिब ६५ लाख...

धनुषामा छोराको रड प्रहारबाट बाबु ठहरै

जनकपुरधाम । धनुषामा छोराले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय...

भिडियोमा क्यारम त नि भन्दै राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियो व्यस्त देखिएको छ । यसैक्रममा उनले गायीका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको...

राष्ट्रपति कार्यालयले भन्याे : प्रधानमन्त्री दाबी गर्न कोही आएनन्

काठमाडाैं ।  राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको...

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक...

अदालत गएको विषयमा विवाद गरिएको भन्दै सभामुख असन्तुष्ट

काठमाडौं । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा दुईपटक प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको नेपाली कांग्रेसले आइतबार तेस्रोपटक बैठक अवरुद्ध ग-यो । दुईपटकसम्म...

म्यानमारमा सेनाद्वारा शासनसत्ता आफ्नो हात लिएको घोषणा

न्यापिटअ । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो...

शिक्षामा परिवर्तन आवश्यक

कोरोना भाइरसका कारण देश लकडाउनमा छ । विकासका पूर्वाधारमध्ये महŒवपूर्ण मानिएको शिक्षा क्षेत्र अस्तव्यस्त छ । कक्षा १ देखि विश्वविद्यालयसम्मको पठनपाठन, परीक्षालगायतका गतिविधि प्रभावित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)