समुदायमा कोरोना संक्रमण भएपछि पोखरामा ‘लकडाउन’ तयारी

पोखरा । पोखरामा एकपछि अर्को कोरोना संक्रमित देखिन थालेपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लाका विभिन्न दलका प्रतिनिधिले पोखरामा कम्तीमा एक साताका लागि निषेधाज्ञा गर्न सुझाव दिएका छन् ।

पोखरा महानगरपालिकामा आइतबार बसेको सर्वदलीय बैठकले सो सुझाव आएको मेयर मानबहादुर जिसीले बताए । जिसीले भने, ‘पोखरामा समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेपछि आगामी दिनमा थप जोखिम न्यूनीकरणका लागि थप उपाय गर्नुपर्नेमा हामीहरु पनि गम्भीर छौं ।’

यसैबीच, सोमबार पुनः छलफलपछि जिल्लामा ‘लकडाउन’ कडाइ गर्ने’bout जिल्ला विपद् व्यवस्थापन समिति (सीसीएमसी) मा सिफारिस गरिने उनले बताए ।

मेयर जिसीले कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सबैखाले सतर्कता अपनाउन नगरबासीसँग आग्रह गरे । केही वडामा समुदायस्तरमै फैलिन थालेको भन्दै उनले mmैलावट नरोक्ने हो भने स्थिति भयावह हुन सक्ने बताए । उनले अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन नगरबासीमा सुझाव दिएका छन् ।

यसैबीच, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जिल्लामा निषेधाज्ञा वा लकडाउन गर्ने’bout हालसम्म कुनै निर्णय नभइसकेको बताए । उनले अवस्था हेरिकन आगामी दिनमा हुन पनि सक्ने संकेत गरे ।

पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना संक्रमण देखा परेको छ । तीमध्ये पोखरा ५ का ७ जना छन् । पोखरामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । संक्रमितमध्ये १ सय १५ जना निको भएका छन् भने १ को मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ