लिदी पहिरोमा मृत्यु हुनेको संख्या २२, अझै १७ बेपत्ता

चौतरा । जुगल गाउँपालिकाको लिदी पहिरोमा वेपत्ता मध्ये २२ को शब फेला परेको छ । आइतबार बिहानसम्म १९ शब फेला परेकोमा सोमबार बिहान थप ३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष (३६) की टिकामाया दोङ,(१४) का छिरीङ दोङ,(८) का मिलन दोङ,(५) का सानु दोङ,(७०) का जयबहादुर दोङ,(३०) की दावा लमु दोङ,(५) की प्रिती दोङ,(५) की तारालामु दोङ,(३४) की धनमाया दोङ र (४) महिनाकी रेमीश दोङको सनाखत भएको छ ।

त्यस्तै पहिरोमा पुरीएका वर्ष १६ का मेकमाइ दोङ,(११) का च्यामा दोङ,(११) की विमला दोङ र सात महिनाको कबिर दोङ को पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै लक्ष्मी दोङ(११), मानबहादुर दोङ(३०), हिन्दुस दोङ(१२), छबिलाला दोङ(२२),सुमन दोङ(१०) र सुरज दोङ को पहिरोमा परी निधन भएको छ ।

लिदीमा पहिरो जादा सो गाउँमा ३९ जना बेपत्ता भएका थिए । पहिरोले पुरीएका मध्ये १७ को खोजबिन जारी रहेको प्रहरीले जानकारी दिएको छ । नेपाली सेना,प्रहरी र स्थानीयले पहिरोमा पुरीएकाहरुको खोजीलाई जारी राखेका छन् । पहिरोमा पुरीएर मृत्यु भएका मध्ये १९ को बौद्धपरम्परा अनुसार दाहासंस्कार गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ