आफन्तबाटै धेरै महिला बलात्कृत

सांकेतिक तस्वीर

डडेल्धुरा जिल्लामा आत्महत्या र जबरजस्ती करणीका घटनाहरुमा गत वर्षको तुलनामा बढेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्याँकलाई हेर्ने हो भने जरबजस्ती करणी र करणी उद्योगमा आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/०७७ मा बढेको छ । आर्थिक वर्ष ०७५/७६ मा जबरजस्तीकरणीका ६ वटा मुद्धाहरु रहेकोमा यो आर्थिक वर्ष २०७६/७७ मा यो संख्यामा बृद्धि भएर ९ पुगेको छ । २०७५/७६ मा जबरजस्ती करणी उद्योगमा एउटा मुद्धा थियो भने त्यो संख्या बढेर २०७६/७७ मा ३ पुगेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै तिन वटा जबरजस्ती करणी र एउटा जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको रेकर्ड जिल्ला प्रहरी कार्यालय डडेल्धुरासंग रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा विष सेवन गरी आत्महत्या ६ जनाले गरेका छन् भने १४ जनाले झुण्डीएर आत्म हत्या गरेको र जम्मा २० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्याँक रहेको छ ।

आर्थिक वर्ष ०७६/७७ को अन्तिमतिर आत्महत्या र बलात्कारका घटनाहरुमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ०७६ चैत्र महिनादेखी असाढ मसान्त सम्म मात्रै ९ जनाले आत्म हत्या गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको त्रिवर्षिय अपराध तालिका अनुसार पनि आर्थिक वर्ष ७६/७७ मा सवै भन्दा बढी घटना दर्ता भएको देखिन्छ । त्रिवर्षीय अपराध तालिकामा अनुसार आर्थिक वर्ष ०७४/७५ मा ५२ वटा, ०७५/७६ मा ८० वटा र ०७६/७७ मा ९० वटा घटनाहरु रहेको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

आफन्तहरुबाटै बलात्कृत हुने धेरै छन् । महिलाहरुले आफ्न्तहरुलाई बढी विश्वास गर्ने र आफन्तहरुले नै महिलाहरुको विश्वासलाई गलत सोच राख्दा बलात्कार आफन्तबाटै भएको प्रहरीको भनाई छ

कोरोनाका कारण देश लकडाउन भएसंगै आत्महत्या र बलात्कारका घटनाहरु बृद्धि भएको तथ्याँकले देखाएको छ ।
देशका विभिन्न शहर र भारत लगायत अन्य देशमा रोजगारीका लागि भएका व्यक्तिहरु कोरोनाका कारणले रोजगारी गुमाई घर फर्किएर बेरोजगार हुदाँ पनि परिवारमा हुने सामान्य विवादमा पनि अन्य उपाय खोज्नुको सट्टा मानिसले आत्महत्या रोज्न खोज्ने कारण हुन सक्ने एउटा आधार हो । कोरोनाका करण दिनभर घरभित्रै बस्नु पर्ने हुदाँ मानसिकरुपमा सोच्ने क्षमतालाई नकरात्मक तर्फ बढी लैजाने गर्दा पनि आत्म हत्याका घटना बढ्न सक्ने प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।
पुरुषको तुलनामा हात्महत्या गर्ने महिलाको संख्या धेरै रहेको देखिन्छ उमेरका हिसाबले हेर्दा पनि १५ वर्ष देखी ३५ वर्ष मुनिको महिलाहरुले आत्महत्या गर्ने गरेको देखिएको छ ।

जबरजस्ती करणीको मुद्धाहरुलाई हेर्ने हो भने २५ वर्ष देखी ५५ वर्षसम्मका पुरुषहरु बलात्कारका संलग्न रहेको देखिन्छ । बलात्कृत हुने महिलाहरुको औसत उमेर २५ वर्ष मुनि रहेको छ र सवै भन्दा बढी आफन्तहरुबाटै बलात्कार भएका छन् । यौन प्यासका लागि आफ्नै छोरी, नातनी,भाउजु, बहिनीहरुलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्याँकले देखाएको छ ।

सामाजिक विकृति आर्थिक अभावका कारण कुनै विकल्प नपाउदा आत्महत्या गर्ने आधार तय हुने गरेको र लकडाउनले गर्दा रोजगारी गुमेर पनि आत्म हत्या गर्नेको संख्या बढेको हुन सक्ने प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार डडेल्धुरामा भित्रिमधेश जोगबुडा क्षेत्रमा आत्महत्याका घटना बढी रहेको छ । आफन्तहरुबाटै बलात्कृत हुने धेरै छन् । महिलाहरुले आफ्न्तहरुलाई बढी विश्वास गर्ने र आफन्तहरुले नै महिलाहरुको विश्वासलाई गलत सोच राख्दा बलात्कार आफन्तबाटै भएको प्रहरीको भनाई छ । कानुनी हिसाबले सचेत नभएका व्यक्तिहरुबढी बलात्कारका घटनामा सक्रिय हुने गरेको डिएसपी न्यौपानेले बताए । अपरिचित व्यक्तिहरु भन्दा परिचित व्यक्तिहरुबाट नै बलात्कारका घटना हुने गरेकाले महिलाहरुले परिचित व्यक्तिलाई नै ख्याल गर्नु पर्ने समेत न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहितको हल्का वर्षा