काभ्रेमा ९८ वर्षीय कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर

काभ्रेपलाञ्चोक । जिल्लामा धुलिखेल नगरपालिका वडा नम्बर ७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको छ । साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । कोरोना पोजेटिभ देखिए लगत्तै उनिसगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । परिवारका अन्य सदस्यहरुलाई पनि कोरोना परीक्षण भइरहेको छ ।

यस अघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ वर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो ।

जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचारपछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झाले बताए । कोरोनाका कारण जिल्लामा दोश्रो व्यक्तिको निधन भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

विपद्लाई मध्यनजर गर्दै झापामा सशस्त्रद्वारा सचेतनामूलक माइकिङ तथा उद्धारको तयारी