विष्फोटक पदार्थसहित विप्लव कार्यकता पक्राउ, प्रहरीमाथि आक्रमण गरेपछि हवाई फायर

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट प्रतिवन्धित नेत्र विक्रम चन्द नेतृत्वका कार्यकता पक्राउ परेका छन् । प्रहरीले विप्लव कार्यकतालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

प्रहरीको गस्ती टोलीले विप्लव कार्यकतालाई चैनपुर–१ गुफापोखरीबाट जोरपोखरी जाने सडक खण्डबाट पक्राउ गरेको हो । गुफापोखरीबाट विप्लव समुहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित पाँच जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक राईले बताए ।

शंकस्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको छ ।

प्रहरीले विप्लव कार्यकताको साथमाबाट रेडबुल बम १ थान, सकेट बम १ थान, बिष्फोटनमा प्रयोग हुने सेफ्टि फ्युज तथा तारलगायत मोवाइल तथा विभिन्न कागजातहरू बरामद गरिएको जनाएको छ ।

पछिल्लो समय जिल्लामा आगजनी तथा बम बिष्फोटनका घटना बढेपछि प्रहरीले खोजी कार्य तिब्र भनाइको थियो । प्रहरीले पक्राउ परेका अन्य चार जनाको नाम भने खुलाउन चाहेको छैन । प्रहरी माघ २ गते पक्राउ गरेको भएपनि ६ गते मात्र सार्वजनिक गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा ९९ हजार मतगणना हुँदा रेणु दाहाल ८७५६ मतले अगाडि