२८ विधामा तीज म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । सातौं छायाछवि तीज म्युजिक अवार्ड–२०७७ अन्तर्गत उत्कृष्ट २८ विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । ३ भदौमा आयोजना गर्ने भनिएको यो अवार्ड कोरोना संक्रमणका कारण केही समयपछि हुने आयोजक छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

यो अवार्डको यतीबेला उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । विगत सात वर्षदेख आयोजना हुँदै आएको यो अवार्डमा यसपटक करिब १ सय ५० वटा तीज गीत सहभागी भएको पनि आयोजक शान्तिप्रियले बताए । उनका अनुसार अब अवार्ड विजेताको परिणाम ६ भदौमा सार्वजनिक गरिने भएको छ । अवार्ड भने असोजमा प्रदान गरिने पनि उनले बताएका छन् ।

यसपटक २८ विधामा मनोनयन सार्वजनिक गरिएको छ । जसमा उत्कृष्ट तीज मौलिक गीतको मनोनयनमा यस्तो बनोस् मेरो तीजबाट अनिता चलाउने, बजाउँदा चुराबाट सारिका घिमिरे, सरर सररबाट शोभा पाण्डे, ढाकाको चोलीबाट कोमल राजभण्डारी र छमछम बजाउँदै चुराबाट देवीका वन्दना परेका छन् ।

यस्तै, तीज गीत गायिकाको मनोनयनमा हाम्री संगिनीबाट सञ्जु लम्साल, यसपालि तीजैमाबाट मञ्जु थापा, चेलीका पीडाबाट मीना केसी, भल्वेटको चोलीमाबाट अञ्जु श्रेष्ठ, चेलीको वेदनाबाट शर्मिला कँडेल यस्तै तीज गीत मौलिक गीत गायिकाको मनोनयनमा पातली–२, ऐना हेरीहेरीबाट कला लम्साल, नाचांै नबाट रेखा पौडेल, माइती र चेलीबाट लक्ष्मी पुरी प्रधान, आयो तीजबाट माण्डवी त्रिपाठी र छोरीबाट सरिता पन्थी परेका छन् ।

यस्तै, तीज दोहोरी गीत गायकको मनोनयनमा सूर्य खड्का सलह कीरालेबाट सूर्य खडका, साडी सुतीकोबाट कमल विसी, विधुवाबाट हेमन्त रसाइली कान्छा, नाच्न आकी छुबाट हेम श्रेष्ठ, बरी लै माइतीको आँगनबाट तिलक बस्नेत, तीज दोहोरी गीत गायिकाको मनोनयनमा बुहारी–३ बाट टीका सानु, विधुवाबाट सीता देवी, पीर नभाकोबाट रमिला न्यौपाने, छड्के तिलहरीबाट सिर्जना खत्री हाउडे माया र आयो तीजबाट समीक्षा अधिकारी परेका छन् ।

यस्तै, तीज गीत नवगायिकाको मनोनयनमा रातो सारी लरक्कैबाट मोडल तथा गायिका सरिता भारती, सुरक्षित तीजबाट गरिमा ज्ञवाली, माइती घर के छ ? बाट प्रमिला खत्री, सम्झायो माइती घरबाट सुमित्रा गौतम परेका छन् ।

तीज गीत युगल, तीज गीत उत्पादक कम्पनीको पनि मनोनयन सार्वजनिक गरिएको छ । यस्तै, तीज दोहोरी गीत मोडल (पुरुष)तर्फ मनोनयनमा चकचकेबाट निर्मल क्षत्री, पीर नयाँकोबाट नवीन ठकुरी, रातोरातो सारीबाट रोविन पोखरेल, छम छम छमबाट राहुल श्रेष्ठ, आयो तीजबाट रोविन पोखरेल, उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला) तर्फ छम छम छमबाट सरिता भारती, आयो तीजबाट नम्रता सापकोटा, पीर नभएको र बुहारीबाट दीपाशा विसी, सैनाबाट एलिना रायमाझी परेका छन् ।

यस्तै, तीज गीत मौलिक शब्दको मनोनयनमा विपिन किरण, डा. कृष्णहरि बराल, लोकराज अधिकारी, शोभा केसी र सुषमा देवकोटा, तीज गीत शब्दतर्फ शिव हमाल, चिरन बराल, कृष्ण बस्नेत, दयाराम पाण्डेय र दुर्योधन बस्नेत परेका छन् । यस्तै, तीज गीत शब्दतर्फ लोकराज अधिकारी, राजन कार्की, यशु थापा, राजु सुनाम र सतिष अधिकारी मनोनयनमा परेका छन् ।

तीज गीत भिडियो निर्देशकतर्फ मनोनयनमा यस्तो बनोसबाट गम्भीर विष्ट, सुरक्षित तीजबाट समन अधिकारी, छमछम बजाउँदैबाट सूर्य चन्द, सलहका बगालबाट काजिश श्रेष्ठ र बुट्टा भरेकोबाट राजकुमार मगर, तीज गीत नृत्य निर्देशकको मनोनयनमा सुरक्षित तीजबाट सुरेन्द्र बसेल, रातो सारी लरक्कैबाट छवि थापा मगर, राहुल श्रेष्ठ, ढाकाको चोलीमाबाट मौसम हिमाली, चट्टै मायाबाट काजिश श्रेष्ठ र चेलीको पीडाबाट लोकेन्द्र शाह परेका छन् ।

यस्तै, तीज गीत लयमा पातली–२ ऐना हेरी हेरीबाट शिव हमाल, ढाकाको चोलीमाबाट मनोज राजभण्डारी, चेलीको वेदनाबाट रोशन कुताल क्षत्री, बजाउँदा चुराबाट योगेश काजी र भेल्वेटको चोलीबाट राज सागर, तीज लोकदोहोरी लयको मनोनयनमा नाच्न आकी छुबाट हेम श्रेष्ठ, बचनैलेबाट हेमन्त कान्छा रसाइली, बरीलैबाट तिलक बस्नेत, नक्कले भिनाजुबाट विशाल रायमाझी र आमाको काखबाट हरि गिरी विमर्षी परेका छन् । तीज गीत दोहोरी नवगायनमा आयुषा गौतम, टेकबहादुर अधिकारी, मीना तिवारी, राजन कार्की, विशाल रायमाझी, मनोनयनमा परेका छन् ।

यस्तै, तीज गीत एरेन्जर, तीज गीत मिक्सिङ, तीज दोहोरी गीत सम्पादक, तीज गीत भिडियो सम्पादक, तीज दोहोरी गीत छायाकार, तीज गीत छायाकार, तीज गीत दोहोरी भिडियो निर्देशक र तीज गीत मोडलकको मनोनयन पनि सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी