राजविराज । नेत्रविक्रम चन्द समूहकी नेतृ उमा भुजेलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डिएसपी तिलक भारतीका अनुसार भुजेल र सोही समूहका सुमन सिंह पौडेललाई बुधबार सुनसरीबाट पक्राउ गरी सप्तरी ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरबाट उनीहरुमाथी अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । सुनसरीमा दुबै जनामाथि राज्य बिरुद्धको कसुर, विस्फोटक पदार्थ र संगठित अपराध निवारण ऐन अन्तरगत मुद्दा चलाइएको थियो ।
उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले साधारण तारेखमा छोड्ने आदेश दिएको थियो । अदालत परिसरबाट बाहिरिए लगत्तै सुनसरी प्रहरीले पक्राउ गरी सप्तरी प्रहरीलाई बुझाएको डिएसपि भारतीले बताए । दुबै जनालाई बिहीबार सप्तरी जिल्ला अदालतबाट १५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)






