भक्तपुरका शिव मन्दिर सुनसान

भक्तपुर । हिन्दु महिलाहरुको महान चाड तीजमा भक्तपुरका शिव मन्दिरहरु भने सुनसान देखिएका छन् । भक्तपुरका सम्पूर्ण शिव मन्दिरहरुमा अघिल्ला वर्षहरुमा भक्तजनहरुमो घुईचो हुने गरेकोमा आज भने निषेधाज्ञाका कारण सम्पूर्ण मन्दिरहरुमा ताला लगाईएको थियो ।

विषेश गरी भक्तपुरका दत्तात्रय, डोलेश्वर, यातु महादेव , सुवर्णेश्वर, लगाएत १५ भन्दा बढि शिव मन्दिरहरुमा भक्तजनको ठूलो घुईचो लाग्ने गरेको थियो ।

निषेधाज्ञा तथा कोरोना महामारी फैलन सक्ने डरले आज भक्तपुरका सवै मन्दिरहरु बन्द हुँदा महिलाहरुले आ आफ्नो घरमा नै शिवलिंग बनाई पूजा आज गरेका छन् ।

कोरोनाका कारण शिव मन्दिरहरुमा जान नमिले पनि भक्तपुरका ग्रामीण क्षेत्रका महिलाहरु भने आ आफ्नो टोलमा जम्मा भएर गीत गाउँदै नाच गान गर्दै मनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 915 times, 1 visits today)

epaper

ताजा समाचार

पाकिस्तानमा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु