ललितपुर । काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसलविहान ९ बजेसम्म खोल्न प्रशासनले अनुमती दिएको छ । बिहान थोरै समय खाद्यान्न तथा तरकारी पसल खोल्दा अत्याधिक भिड हुन जाने तथा दिनभर पनि किनमेलमा निस्कने हुँदा त्यसले संक्रमणको खतरा बढेको भन्दै काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा एक रुपता ल्याउन ती जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा ९ बजेसम्म खोल्न पाउने नियम बनाइ दिएका हुन् ।
काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । ‘उपत्यकावासीको समस्या र कोरोना जोखिमलाई मध्यनजर गर्दै ९ बजेसम्म तरकारी खाद्यान्न पसल खोल्न दिने निर्णय भएको हो’, उनले भनिन्, यसअघि स्थानीय तहपिच्छे आआफ्नै समय थिए, एकरुपता ल्याउन हामीले यो निर्णय ग-यौँ ।’
यसअघि तीनै जिल्लाका फरक फरक स्थानीयतहले फरक फरक समयसम्म पसल खोल्न पाउने समय तोकेका थिए । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो । उनकाअनुसार औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसलभने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिन्छ ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको आइतबार चार दिन पुगेको छ । संक्रमणको जोखिम बढ्दै गएपति एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको चौथो दिनपनि सडक, बजार र शहर सुनसान देखिए । आइतबार पनि सडकमा अत्यावश्यक बाहेकका सवारी साधन देखिएनन् । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहे । मुख्य सडकहरु सुनसान देखिएपनि उपत्यकाका भित्रि गल्ली तथा उपत्यकाका काठ क्षेत्रका पसलहरु खुला रहेका छन ।ती क्षेत्रका दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्री क्षेत्रमा खुला रहेका हुन् ।