कामाभिंगा रेनिसमै

पेरिस । फ्रान्स तथा फ्रेन्च क्लब रेनिसका युवा मिडिफल्डर इडुआर्डाे कामाभिंगा यो सिजनमा स्पेनिस महारथी रियाल म्याड्रिडमा नआउने भएको छ । स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएको १७ वर्षीय मिडफिल्डरले यो सिजन फ्रेन्च क्लब रेनिसमै बस्ने बताएका हुन् । रेनिसमा कामाभिंगाको सम्झौता २०२२ सम्म रहेको छ । तर, उनले एक वर्ष रेनिसमा रहने बताएका हुन् ।

अघिल्लो सिजन रेनिसबाट ३६ खेल खेलपछि रियलको नजरमा परेका कामाभिंगालाई अनुबन्ध इंग्लिस क्लब लिभरपुल, आर्सनल र जर्मन क्लब बोरुसिया डर्टमुन्डले पनि चासो देखाएको छ । तर, उनी रियलसँग नजिकिएका थिए । ‘रेनिसमा मेरो सम्झौता दुई वर्ष बाँकी छ । म यो सिजन रेनिसमा रहनेछु ।’ कामाभिंगाले टेलिफुटसँग भने, ‘सम्भावित स्थानान्तरण पनि हुन सक्दछ । यसले मलाई खासै पिरोल्नेछैन । यो फुटबल हो ।

यहाँ सत्य र झुटा कुराहरू हुन्छन् ।’ कामाभिंगाले १६ वर्षको उमेरमै रेनिसको पहिलो रोजाइमा मौका पाएका थिए । उनले पहिलो सिजन ७ खेलमा अवसर पाउदा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले यो सिजन आफूलाई थप परिपक्वता देखाएका थिए । रियल म्याड्रिडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान कामाभिंगालाई अनुबन्ध गर्ने योजनामा छ । उनी रियल म्याड्रिडमा थप उत्कृष्ट हुनेमा जिदानको विश्वास छ । क्लबले यो सिजन कुनै नयाँ खेलाडी अनुबन्ध नगर्ने बताइसक्दा अर्काे सिजन खेलाडीमा मोटो रकम खर्च गर्न सक्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री थापाले पाउलान् त विश्वासको मत ?