महिला क्रिकेटरको पनि कोरोना बिमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बिमा गरेको छ । गत शनिबार पुरुष टोलीका २१ खेलाडीसहित कुल ५१ जनाको कोरोना बिमा गरेको क्यानले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै १८ जना राष्ट्रिय महिला क्रिकेटरको पनि कोरोना बिमा गरिएको जानकारी गराएको हो ।

यसअघि क्यानले महिला टोलीको कोरोना बिमा पछि आवश्यकता हेरेर गर्न सकिने बताए पनि लगत्तै बिमा गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) टी–२० क्रिकेट टोलीमा रहेका खेलाडीको कोरोना बिमा गरिएको जानकारी गराए । क्यानले आईएमई जनरल इन्स्युरेन्समार्फत प्रत्येक खेलाडी बराबरी १ लाख रुपैयाँको एक वर्षका लागि बिमा गरेको हो ।

कोरोना महामारीको कारण यो वर्ष महिला र पुरुष टोली दुवैको अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना कम छ । पुरुष टोलीले आगामी डिसेम्बरमा बंगलादेशमा एसिया टिम्स एसिया कप खेल्ने तालिका छ । तर, प्रतियोगिता हुने निश्चित छैन । नेपाली महिला क्रिकेट टोली मंसिरमा खेलेको साग नै पछिल्लो प्रतियोगिता हो । त्यतिबेला माल्दिभ्सलाई हराउँदै महिला टोलीले ऐतिहासिक कांस्य पदक जितेका थिए ।

यस्तै, क्यानले कोभिड–१९ को बढ्दो संक्रमणका कारण क्यानको वार्षिक साधारण सभा स्थगित गरिएको जानकारी गराएको छ । यसै महिनाको मध्यमा साधारण सभा गर्ने तयारीमा रहेको क्यानले कोरोना महामारीका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले मंंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । गत वर्ष असोज दोस्रो साता चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचनपछि २०७३ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले असोज २७ मा ससर्त क्यानमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसैले, क्यानले पूर्ण रूपमा काम गर्न पाउने वातावरण अझै बनाउन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो