भ्रुण हत्या आरोप लागेका अध्यक्ष सम्पर्कविहीन

पाँचथर । अन्तरजातीय विवाह गरेकी एक दलित किशोरीलाई भ्रुण हत्या गर्न बाध्य पारेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ सम्पर्कविहीन छन् ।

१९ वर्षीया ती किशोरीले कुम्मायक–५ का रमेश खड्कासँग फिदिमस्थित शिवालय मन्दिरमा बिहे गरेको बताएकी छन् । कुम्मायक गाउँपालिकाको केन्द्र यसोक बजारस्थित मेगा बैंकमा कार्यरत खड्कासँग प्रेम सम्बन्धपछि मन्दिरमा गई विवाह गरेको पीडितको भनाइ छ ।

सात वर्षअघि नै विवाह गरी ६ वर्षीय छोरा र ४ वर्षीया छोरीका बाबुसमेत रहेका खड्काले पीडित किशोरीसँग दोस्रो बिहे गरेका हुन् । खड्कासँगको सहवासबाट पीडित किशोरीको २१ हप्ताको भ्रुण हत्या गर्न गाउँपालिका अध्यक्षले बाध्य पारेको पीडित किशोरीको भनाइ छ ।

पीडित किशोरीको २१ हप्ताको गर्भ फिदिमस्थित समर्पित अस्पतालमा गत पुष २४ गते फालिएको थियो । उक्त अस्पतालले गर्भपतन गराउने अनुमतिसमेत पाइनसकेको बताइएको छ । गएको माघ २२ गते गाउँपालिका अध्यक्ष चेम्जोङसहित सात जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

भ्रुण हत्या गर्न बाध्य पारेको आरोपमा आफूसहित सात जनाविरुद्ध किटानी जाहेरी परेपछि अध्यक्ष चेम्जोङ सम्पर्कविहीन बनेका हुन् । गाउँपालिका उपाध्यक्ष सीता आचार्यलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएर झन्डै दुई सातादेखि चेम्जोङले कार्यालयमा हाजिर पनि गरेका छैनन् ।

गाउँपालिका अध्यक्ष चेम्जोङसहित खड्काको परिवारले दबाब दिएर गर्भपतन गराउन बाध्य पारेको पीडित किशोरी र उनकी आमाले बताएकी छन् । किटानी जाहेरी परेका सातमध्ये समर्पित अस्पतालका दुई र यासोक बजारस्थित मेडिकल सञ्चालकसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अध्यक्ष चेम्जोङसहित आरोपित अन्य भने फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, डीएसपी सिद्धराज न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको महाकालीमा एमाले र नौगाडमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित