निषेधाज्ञाबीच जारी तीनवटा आईपीओ बाँडफाँट सोमबार सकिने

काठमाडौं । निषेधाज्ञाका बीच जारी भएको रिलायन्स लाइफको साधारण सेयर शुक्रबार बाँडफाँट भएको छ भने समाज लघुवित्त वित्तीय संस्थाले शनिबारका लागि पूर्वतयारी गरेको आईपीओ बाँडफाँट आइतबार वा सोमबार मात्र हुने भएको छ । लिबर्टी इनर्जीको पनि सोमबार मात्र हुने बताइएको छ ।

मागभन्दा चार गुणा बढी सेयरका लागि आवेदन परेको रिलायन्स लाइफको परिणाम भने आवेदकहरूले शुक्रबार हेर्न पाएनन् । मेरो सेयरमा राति मात्र अपलोड गर्ने भएका कारण हेर्न नपाएको हो ।

कम्पनीले शुक्रबार नै यसको प्री–अलोटमेन्टसमेत गरेर सेयर बाँडफाँट गरेको हो । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटले बैंकसँग भएका आवेदनको प्रमाणीकरण (भेरिफाइ) शुक्रबार नै सम्पन्न गरेर सेयर बाँटफाँट गरेको हो ।

शुक्रबार सानिमा क्यापिटलले ले आफ्नै कार्यलयमा फेसबुक लाइभमार्फत साधारण सेयर आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले प्री–अलोटमेन्ट गरेको १ घन्टा नबित्दै बाँडफाँट गरेको हो ।

आवेदन दिएकामध्ये ५ लाख ८७ हजार ५ सय ९ जनाको आवेदकमध्ये ५ लाख ६७ हजारले १० कित्ताका दरले सेयर पाएका छन् । २० हजार ५ सय ९ जनाले भने नपाउने भएको छ ।

कुल आवेदकमध्ये १९ सय ५५ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले सर्वसाधारणका लागि कुल ६३ लाख कित्ता सेयर जारी गरेको हो । कुल कित्तामध्ये सामूहिक लगानी कोष र कम्पनी कर्मचारीहरू दुवैलाई ३ लाख १५ हजार कित्ताका दरले छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (आईपीओ)मार्फत बिक्री खुलाएको थियो ।

समाज लघुवित्तको सोमबार
झन्डै १ सय ५० गुणा बढी आवेदन परेको समाज लघुवित्तको आईपीओ बाँडफाँट आइतबार वा सोमबार हुने भएको छ ।
आईपीओ गोलप्रथाद्वारा बाँडिने भएकाले बढीमा ८ हजार ७० जना आवेदनकले मात्र १० कित्ता सेयर पाउने बताइएको छ । आवेदन दिएका ५ लाख ५८ हजार ४ सय ३ जना भने खाली हात हुनेछन्।

शनिबार बाँडफाँट गर्ने पूर्वतयारी गरिएकोमा निषेधाज्ञाका कारण आवतजावतमा समस्या हुने भएकाले बाँडफाँट योजना स्थगित गरिएको लघुवित्तको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले उल्लेख गरेको छ ।

सिद्धार्थ क्यापिटलका अनुसार आइतबार प्रि–अलोटमेन्ट हुनेछ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सोही दिन बाँडफाँटका लागि अनुमति दिए आइतबार नै गर्ने र नभए सोमबारसम्ममा आईपीओ बाँडफाँट गर्ने तयारी सिद्धार्थ क्यापिटलको छ ।

समाज लघुवित्तको भदौ ४ देखि ८ सम्म सर्वसाधारणलाई ८० हजार ७ सय कित्ता सेयर बिक्रीमा राखेको थियो। सो अवधिमा कम्पनीको आईपीओमा ५ लाख ६६ हजार ४ सय ७३ जनाबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ।

लिबर्टीको बाँडफाँट सोमबार
लिवर्टी इनर्जी कम्पनीको आईपीओ सोमबार मात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार बिहान १० बजे आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । बाँडफाँट फेसबुक लाइभबाट पनि देखाइने बिक्री प्रबन्धकले जनाएको छ । लिवर्टी इनर्जी कम्पनीको आईपीओमा ७० करोड रुपैयाँबराबरको आवेदन परेको छ । जसमा १ लाख ८५ हजार जनाले ७० लाख कित्ताका लागि आवेदन दिएका थिए ।

भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर बिक्री खुला गरेकामा कित्ताको मागभन्दा १.९६ गुणा आवेदन परेको थियो । कम्पनीले यसअघि स्थानीय बासिन्दाका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९ सय ३० कित्तासमेत थप गरी ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।

लिवर्टीले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र मेकानिकल अधिकृत ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ