मलमूत्र व्यवस्थापनमा नमुना बन्दै महालक्ष्मी

काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका मानव मलमूत्र व्यवस्थापन क्षेत्रमा देशकै नमुना बन्दै छ । नगरपालिकाले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र काठमाडांै उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)को प्राविधिक सहयोगमा आईएसओ २४५२१ मापदण्डको मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण गर्दै छ ।

कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकामातहत ‘स्यानिटेसन सेल’समेत गठन भइसकेको छ । मलमूत्र प्रशोधन गर्न जग्गा छनोट, रेखांकन, डिजाइन एवं लागत स्टिमेटसमेत भइसकेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । नगरपालिकाले जनप्रतिनिधि, गैरसरकारी संस्था, खानेपानी उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समिति र सफाइ क्षेत्रमा कार्यरत निजी क्षेत्रसँग समेत छलफल तथा अन्तक्र्रियासमेत गरेको छ ।

आईएसओ मापदण्डको नमुना सरसफाइ कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाले गरिरहेको काम’bout कार्यपत्र प्रस्तुति पनि गरिएको छ । सेप्टिक ट्यांकमा संकलन हुने मानव मलमूत्र गाडीमार्फत सुरक्षित प्रशोधनस्थलसम्म पु-याउने र त्यहा“ भएको सहउत्पादन पुनप्र्रयोग वा सुरक्षित तरिकाले वातावरणमा पठाउने काम आईएसओ २४५२१ भित्र पर्छ ।

बधशाला र यसबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन योजना बनाउने’bout छलफल एवं अध्ययन भइसकेको नगरपालिका वातावरण शाखाका इन्जिनियर लवकुमार गुप्ताले जानकारी दिए । काठमाडांै उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले काठमाडांै उपत्यकामा फोहोरपानी व्यवस्थापनका लागि भएका प्रयास तथा आगामी योजना’bout कार्यपत्र प्रस्तुत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९