वाई वाई ग्लोकल टिनमा आवेदन माग

काठमाडौं । ग्लोकल प्रालिको वाई वाई ग्लोकल टिन हिरो कार्यक्रमको ग्लोकल टिन हिरो इन्डियाको दोस्रो संस्करणका लागि आवेदन माग गरेको छ । दोस्रो संस्करणको घोषणा गरिएसँगै ग्लोकल प्रालि एवं सीवाईडीए दुवै पक्षले खुसी व्यक्त गरेका छन् । ग्लोकल प्रालि र भारतीय राजदूतावासले एक कार्यक्रम आयोजना गरेर वाई वाई ग्लोकल टिन हिरो इन्डियाको दोस्रो संस्करण सञ्चालन भएको घोषणा गरेको हो ।

देशभरिका प्रभावशाली किशोर किशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नवीन आयाम बोकेका हुन्छन् । सानै उमेरमा पनि ठूलाठूला सपना एवं नवीन प्रयासका कामले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठूलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाइन्छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रूपान्तरणका कार्यलगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान् किशोर किशोरीले आवेदन दिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो जसले किशोर किशोरीको कार्यलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरूलाई थप प्रोत्साहन गरी उनीहरूलाई संसारमाझ चिनाएर अरू किशोर किशोरीलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

ग्लोकल टिन हिरोलाई दक्षिण एसियाली राष्ट्रबीच प्रचार गर्ने लक्ष्य हामीले लिएको छ । २०१९ मा ग्लोकल टिन हिरोबाट विभिन्न क्षेत्रका भारतीय किशोर किशोरी सम्मानित भएको पनि कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने