Thursday, August 5, 2021
HomeBreaking Newsपर्सामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

पर्सामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

,
sharethis

वीरगन्ज । गएको चैत अन्तिमदेखि नै कोरानाको हटस्पट बनेको पर्सामा पछिल्लो ८ घण्टामा कोरानाकै कारण ३ पुरुषको मृत्यु गएको छ । मृतकमध्ये एक जना पर्साका, एक जना बाराका र एक जना घरबार बिहिन सडक यात्री रहेका छन् । उनीहरु तीनै जनाको वीरगन्जका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकहरुको साँझ ८ बजेर ४५ मिनटदेखि मंगलबार बिहान ४ बजेर ४५ मिनेटको अन्तरमा मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश कुमार चौरसियाले बताए । मृतकहरुमध्ये एक जना वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका ५३ बर्षीय पुरुष रहेका छन् । अर्का अन्दाजी ६० बर्षीय पुरुषको भने पहिचान खुल्न सकेको छैन । मंगलबार बिहान ४ बजेर ४५ मिनेटमा नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकमा मृत्यु भएका ६० बर्षीय पुरुष भने बाराको कोल्भीका रहेका सूचना अधिकारी डा. चौरसियाले बताए ।

तीनै जनाको मृत्यु पूर्व नै संक्रमण पुष्टि

५३ बर्षीय पुरुषको गएको साउन ३० गते स्वाव कलेक्सन गरी परीक्षण गर्दा ३१ साउनमा संक्रमण पुष्टि भएको थियो । सोही दिनदेखि उनी नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार थिए । त्यहि मंगलबार बिहान १२ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको डा चौरसियाले बताए । मधुमेयका पुराना रोगी उनको मिलिटस स्वाव प्रश्वासको विफताका कारण मृत्यु भएको उनले बताए ।

त्यसै गरी मंगलबार बिहानै मृत्यु भएका बाराको कोल्भीका ६० बर्षीय पुरुषलाई पनि भदौ १० गते वीरगन्जको नारायणी अस्पतालमा उपचार गर्न ल्याइएको थियो । तत्काल स्वाव संकलन गरी स्वास्थ्य परीक्षण गर्दा उनको पनि रिपोर्ट पोजेटिभ आएर नारायणी अस्पतालकै अस्थायी कोभिड अस्पताल गण्डकमा उपचार गर्न पठाइएको थियो । उनको पनि आज बिहान त्यहि मृत्यु भएको डा चौरसियाले बताए ।

एक वेवारिसे पुरुष
अर्का मृतक अन्दाजी ६० बर्षीय पुरुषलाई भने अस्ती शनिबार सडकबाट उठाएर वीरगन्ज स्थित नारायणी अस्पतालको इमर्जिन्सी कक्षमा उपचार थालिएको थियो । उपचार सुरु गर्ने क्रममा उनको पनि कोरोना परिक्षण गर्दा उनको पनि कोरोना रिपोर्ट पोजेटिभ नै आएको थियो । ती पुरुषको सोमबार साँझ ८ बजेर ४५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । वेवारिसे अवस्थाका उनलाई पनि अस्ती शनिबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी जिन एक्सपर्ट प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो पटक मृत्यु भएका २ संक्रमित सहित पर्सामा मात्र मृत्यु हुनेको कुल संख्या ३९ पुगेको छ । सोमाबर दिउसो ३ बजेर २० मिनेटमा मृत्यु भएका ८० बर्षीय पुरुषसहित मृतक ३७ जना पुगिसेको जिल्ला प्रशासन कार्यालयले सोमबार नै जनाइसकेको थियो । मृतक मध्ये तीनै जनामा दीर्घ रोग पनि भएको नारायणी अस्पतालले जनाएको छ ।

(Visited 154 times, 1 visits today)

आजको समाचार

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

काठमाडौंमा थप एक साता निषेधाज्ञा

काठमाडौं । उपत्यकामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । उपत्याकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले...

ट्रेन्डिङ

थैलीमा करोडौंको झेल

काठमाडौं । राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको कम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको...

संकटको अफवाह नफैलाइयोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही नेतालाई संकट परेको भए तापनि देश र जनतालाई कुनै संकट नपरेको बताएका छन् । उनले केही पक्षबाट राजनीतिलाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)