Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ सोह्र श्राद्ध : कुन तिथि कतिखेर

सोह्र श्राद्ध : कुन तिथि कतिखेर

,

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकालेका छन् । पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ ।

बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

भदौ १८ गते बिहीबार द्धितीया तिथि श्राद्ध दिउँसो १ः१७ देखि ३ः४८ सम्म दिइएको छ । भदौ १९ गते तृतीया तिथि श्राद्धको समय पनि १ः१७ देखि ३ः४८ सम्म छ । यस वर्ष भदौ २० गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग ९पात्रो० मा उल्लेख छ । चतुर्थी तिथि श्राद्धको समय भदौ २१ गते आइतबार दिउँसो १ः१६ देखि ३ः४६ सम्म गर्नुपर्नेछ ।

पञ्चमी तिथि श्राद्ध भदौ २२ गते सोमबार पनि दिउँसो १ः१६ देखि ३ः४६ सम्ममा गर्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध भदौ २३ गते मङ्गलबार १ः१५ देखि ३ः४५ सम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध भदौ २४ गते बुधबार १ः१५ देखि ३ः४४ सम्ममा गर्नुपर्नेछ । अष्टमी तिथि श्राद्ध भदौ २५ गते बिहीबार दिउँसो १ः१४ देखि ३ः४३ सम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ ।

नवमी तिथि श्राद्ध भदौ २६ गते शुक्रबार दिउँसो १ः१३ देखि ३ः४२ सम्ममा गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध भदौ २७ गते शनिबार १ः१३ देखि ३ः४१ सम्ममा गर्नुपर्नेछ । एकादशी श्राद्ध भदौ २८ गते आइतबार १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्ने जनाइएको छ । द्वादशी तिथि श्राद्ध भदौ २९ गते सोमबार पनि १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्नेछ । त्रयोदशी तिथि श्राद्ध भदौ ३० गते मङ्गलबार १ः११ देखि ३ः३८ सम्ममा गर्नुपर्नेछ ।

यसैगरी चतुर्दशी तिथि श्राद्ध भदौ ३१ गते बुधबार पनि १ः११ देखि ३ः३८ सम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताए । औँसी तिथि श्राद्ध असोज १ गते बिहीबार दिउँसो १ः१० देखि ३ः३७ सम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण सोह्र श्राद्ध गराउने ब्राह्मण यजमानकहाँ जान कठिन छ । विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला शहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिकरुपमा सूचनासमेत जारी गरेका छन् । कुनै कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्षअर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्तिअर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

(Visited 304 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

साताका लोकप्रिय समाचार

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकाे छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको...

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

नयाँ पुनर्बिमा कम्पनीले लाइसेन्स पाउने

काठमाडौं । बिमा समितिले थप नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्स दिने भन्दै प्रस्ताव माग गरेको छ । समितिले बिहीबार एक सूचना प्रकाशित गर्दै पुनर्बिमा कम्पनीका...

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका...

ट्रेन्डिङ

एक साथ दुई भोजपुरी फिल्ममा विराज

काठमाडौं । गत वर्ष आफ्नै निर्माण निर्देशनमा नयाँ चलचित्र सङ्लो दर्शकमाझ ल्याएका विराज भट्ट यतिबेला पुन भोजपुरी फिल्ममा जोडिएका छन् । अब नियमित रूपमा...

कोरोना त्रास : १२ जिल्लामा निषेधाज्ञा, कतै जिल्लाभर, कतै वडामा मात्रै

काठमाडौं । कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले संक्रमणको गति र...

कोरोनाविरुद्ध सर्तकता : १५ दिनसम्म हाट बजार नलाग्ने

बर्दिया । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न यहाँ विशेष सर्तकता अपनाइने भएको छ । कोरोना भाइरससंक्रमणको रोकथाम तथा नियन्त्रणको लागि १६ बुँदे...

क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित अझै भेटिएनन्

सप्तरी, राजविराज । कोरोना संक्रमण पुष्टि भएकै दिन क्वारेन्टाइनबाट भागेका एक यूवक र पिसिआर परिक्षण गर्न नभ्याउँदै भागेकी एक गर्भवती यूवतीलाई प्रहरीले हाल सम्म...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

कोरोना प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल...

अख्तियारको बढ्दो जिम्मेवारी

ललिता निवास जग्गा प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक वृत्तमा हात हालेपछि अख्तियारको जिम्मेवारी बढ्न गएको छ । अब आमजनता र भ्रष्टाचारपीडितले अख्तियारको...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल...

बाजुरामा जीप दुर्घटना हुँदा १४ जना घाइते, ३ को अवस्था गम्भीर

बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो । दुघंटनामा...

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ

काठमाडौँ । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६...

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त १७ वर्षपछि पक्राउ

दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका–३...

भूकम्प प्रभावित १४ जिल्ला मध्ये पुननिर्माणमा सिन्धुपाल्चोक अगाडी छ : सन्तोष निरौला (भिडियाेसहित)

२०७२ को भुकम्पबाट सिन्धुपाल्चोक भौतिक र मानवीय हिसाबले सबैभन्दा बढी क्षती भयो । भुकम्पको पराकम्पन अझै रोकिएको छैन । भुकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकमा भुकम्प...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)