हिरासतमै विजयको मृत्यु भएपछि प्रहरी निरिक्षकसहित ३ प्रहरी निलम्बित

रौतहट । रौतहटको गरुडा हत्याकाण्डसंग जोडिएका अनुसन्धान अधिकृत प्रहरी निरिक्षकसहित ३ जना प्रहरी निलम्बनमा परेका छन ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बिजय महराको मृत्यु भएपछि अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरिक्षक नबिन कुमार सिंह, प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मुन्ना कुमार सिंह निलम्बनमा परेका हुन् ।

हिरासतमा रहेका महराको अनुसन्धानमा खटिएका उनीहरुलाई गृह मन्त्रालयको सचिबस्तरीय बैठकबाट ६ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबिराज खडकाले जानकारी दिएका छन् ।

प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका वडा नं. ८ जिगडियाको १९ बर्षीय महराको गत भदौ १० गते उपचारको क्रममा बिरगंजस्थित नेशनल मेडिकल कजेलमा मृत्यु भएको थियो । गत साउन ३१ गते राति गरुडा नगरपालिका वडा नम्बर ८ बसविट्टी जिंगडिया निबासी २० वर्षीय निरन्जन पासवानलाई घाँटी रेटी हत्या गरेको आरोपमा बिजय महरासहित ७ जनालाइ पक्राउ गरेको थियो ।

प्रहरी निरिक्षक सिंहलाई प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरिएको एसपी खडकाले जानकारी दिए । यस्तै प्रहरी हवल्दारद्वय मियाँ धुनिया र सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको भदौ १५ पत्रबाट ६ महिनाको लागि निलम्बन गरिएको एसपी खडकाले जानकारी दिएका छन् ।

केही दिन अघि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो प्रदेश प्रहरी कार्यालय तानिएका छन् । घटनाको उचित छानबिनको माग गदै पीडित परिवारलाई न्यायको माग गदै गरुडामा दैनिक स्थानियले प्रर्दशन गर्दै आएका छन् । यता गृह मन्त्रालयको मन्त्री स्तरको बैठकबाट इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोलेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी