३० केजी गाँजा सहित पर्सामा तीनजना पक्राऊ

वीरगन्ज । अतिरिक्त लाभ कमाइने लोभमा प्रतिवन्धित लागु औषध ओसार–पसार कार्यमा संलग्न तीन जना प्रहरी नियन्त्रणमा परेका छन् । अभियुक्तहरुलाई पर्सा प्रहरी मातहतको प्रहरीले आइतबार राती नियन्त्रणमा लिएको हो ।

जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ मलाही टोलबाट ३० केजी गाँजा सहित पटेर्वासुगौली गाउँपालिका १ कै ५० वर्षीय महेश सहनी, सोही ठाउँका नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरी चौधरीलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले बताए । प्रहरीले नियन्त्रणमा लिएका तीनैजना अभियुक्तलाई लागु औषध नियन्त्रण सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मल्लले बताए ।

लागु औषध ओसार–पसारमा पक्राउ परेका अभियुक्त माथि औषध नियन्त्रण ऐन आकर्षित हुने प्रहरीले जनाएको छ । यो ऐनको दफा १४ (१) (घ) (५) अनुसार १० किलोभन्दा माथि जतिसुकै केजी गाँजा उत्पादन, तयारी, खरिद, बिक्री–वितरण, निकासी–पैठारी, ओसारपसार वा सञ्चय गरेको पाइए सो कसुरमा २ वर्षदेखि १० वर्षसम्म कैद वा रु. १५ हजारदेखि रु. १ लाखसम्म जरिवाना हुन सक्ने ऐनमा व्यवस्था छ ।

तर यसो भन्दैमा ३० केजी गाँजा सहित पक्राउ परेका सहनीद्वय र चौधरीको हकमा स्वतः १० वर्ष कैद हुन्छ भन्ने चाही हुँदैन । परन्तु अदालतले कसुर प्रमाणित गरे अनि बल्ल सजायको मात्रा निर्धारण गर्दा अभियुक्तको भूमिका, कसुरको प्रकृति, परिस्थितिलगायत सम्बन्धित तथ्य र न्यायधीशको तजबीज सहित आवश्यक कार्वाही प्रक्रिया चाही अगाडी बढ्ने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

३० केजी गाँजा सहित पर्सामा तीनजना पक्राऊ